२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेन्टिलेटरमा ३७३ र आईसीयुमा १२०६ जना कोभिड-१९ संक्रमितको उपचार हुँदैं

भेन्टिलेटरमा ३७३ र आईसीयुमा १२०६ जना कोभिड-१९ संक्रमितको उपचार हुँदैं


काठमाडौं-नेपालमा ३७३ जना गम्भीर कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशका विभिन्न अस्पतालहरुमा ३७३ जना कोभिड-१९ का गम्भीर संक्रमितको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा २४९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, प्रदेश १ मा ५५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा १८ जना, प्रदेश नंं. २ मा १२ जना, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ६ जना गम्भीर कोभिड संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभरका विभिन्न अस्पतालहरुमा १ हजार २ सय ६ जना कोभिड-१९ संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । बागमती प्रदेशमा ७५२ जना, प्रदेश नं. १ मा १९७ जना, प्रदेश नं. २ मा ५० जना, गण्डकी प्रदेशमा ९४ जना, लुम्बिनी प्रदेशमा १०४ जना, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा १६ जना कोभिड-१९ संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।

मन्त्रालयकाअनुसार होम आइसोलेसनमा ६५ हजार ९ सय ५३ जना कोभिड १९ संक्रमित रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ३ सय ४८ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ