२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो छ चिकित्सा शिक्षा आयोगको तीन वटा निर्देशनालय र ७६ जनाको दरबन्दीसहितको संगठन संरचना

यस्तो छ चिकित्सा शिक्षा आयोगको तीन वटा निर्देशनालय र ७६ जनाको दरबन्दीसहितको संगठन संरचना


काठमाडौं-चिकित्सा शिक्षा आयोगको संगठन संरचना पारित भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ७६ जनशक्तिसहितको संगठन संरचना पारित गरेको हो ।

आयोगमा एक कार्यकारी उपाध्यक्ष रहने व्यवस्था यसअघि चिकित्सा शिक्षा ऐनमै उल्लेख छ । शनिबार बैठकले पारित गरेको संगठन संरचनामा उपाध्यक्षको सचिवालयमा ७-८ औं तह प्रशासनको १ जना र कार्यलय सहयोगी तहबिहीन एक जना रहनेछ ।

उपाध्यक्षपछि कार्यकारी समिति रहनेछ । कार्यकारी समितिपछि तीन वटा निर्देशनालय र एउटा आयोगको सचिवालय रहनेछ । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नय निर्देशनालय, परीक्षा निर्देशनालय रहनेछन् । यस्तै, आयोगमा १२ वटा शाखा रहनेछन् ।

आयोगमा जनशक्तिका हिसाबले अधिकृत ११ औं/१२ औं तहको एक जना रहनेछन् । यस्तै, ९ औं/दशौं तहका १४ जना अधिकृत रहने व्यवस्था उक्त संगठन संरचनामा गरिएको छ ।

अधिकृत ७ औं/८ औं तहका २३ जना, सहायक पाँचौ/छैटौ तहका १५ जना, सहायक चौथो तहका १ जना, सवारी चालक तहबिहीन ११ जना रहनेछन् । कार्यललय सहयोगी तहबिहीन १४ जना रहनेछन् ।

बैठकले पारित गरेको यो संरचना अब क्याबिनेट लगिनेछ । क्याबिनेटबाट पारित भएपछि दरबन्दी पूर्तिका लागि लोकसेवाले परीक्षा लिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ