२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९को संक्रमणको जोखिम अझै कम भैनसकेको निस्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको हो ।  कोभिडको संक्रमण कम भएका कारण केहि प्रावधानहरुमा भने निषेधाज्ञा खुकुलो बनाइएको छ ।  अब खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ ।

होम डेलिभरी सेवालाई खुल्ला गरिएको छ भने ४ बजे पछि हार्डवेयर पसल पनि संचालन गर्न दिइने निर्णय भएको छ ।

यस्तै, यातायातको विषयमा भने कुनै निर्णय भएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)