२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४०७ जनामा कोभिड-१९ पुष्टि, संक्रमितको संख्या घट्दै

थप २४०७ जनामा कोभिड-१९ पुष्टि, संक्रमितको संख्या घट्दै


काठमाडौं – थप  २ हजार ४०७ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको हाे ।

जसमध्ये काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनालाई संक्रमण पुष्टि भएको छ ।  सोही अवधिमा ३ हजार ९९४ संक्रमणमुक्त भएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या ६ लाख २८ हजार ९ सय ४२ रहेको छ ।

पछिल्लो समयमा परीक्षणको दायरा बढेसँगै सक्रमितको संख्यामा पनि घट्दै गएको प्रवक्ता डा. पौडेलले जानकारी दिएका छन् । उनका अनुसार सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

यस्तै,  पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ संक्रमणमुक्त भएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ