२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकात्तिकभित्र २ करोड बढी डोज खोप किन्ने प्रस्ताव क्याबिनेट लगिदैं

कात्तिकभित्र २ करोड बढी डोज खोप किन्ने प्रस्ताव क्याबिनेट लगिदैं


काठमाडौं-कात्तिकसम्म १ करोड २० लाख जनसंख्यालाई खोप पुग्ने खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । स्रोतकाअनुसार चीन सरकारले नेपाल सरकारलाई खोप उपलब्ध गराउन सक्ने आश्वासन दिएपछि उक्त प्रस्ताव क्याबिनेट लग्न लागिएको हो ।

१ करोड २० लाख जनसंख्यालाई झण्डै २ करोड ४० लाख डोज खोप आवश्यक पर्नेछ ।

नन डिस्क्लोजेबल एग्रीमेन्टका आधारमा दुई देशबीच जीटुजी प्रक्रियाबाट खोप किन्ने तयारी छ । सोही आधारमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले आवश्यक खोपको तथ्यांकसहित विस्तृत प्रतिवेदन तयार गरेर प्रक्रिया अगाडि बढाइएको मन्त्रालय स्रोतको दावी छ ।

कात्तिकसम्ममा कम्तिमा ७० प्रतिशत जनसंख्यामामा खोप लगाइएपछि मात्र निर्वाचन गराउन सकिने भन्ने स्वास्थ्य विज्ञहरुको सुझावका आधारमा प्रधानमन्त्री कार्यलयले खोप खरिदको विस्तृत प्रस्ताव पठाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयलाई आवश्यक खोप खरिदको प्रस्ताव तयार गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले यसअघि नै आपूर्ति व्यवस्थापन महाशाखालाई कात्तिकसम्ममा खोप उपलब्धता भए ७० प्रतिशत जनसंख्यामा खोप लगाउने सकिने गरी प्रस्ताव पठाएको थियो । जसमा हाल ३ प्रतिशतले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसकेको, १० प्रतिशत (३० लाख)लाई यही आर्थिक वर्षभित्रमा लगाउन सकिने र २० प्रतिशत खोप कोभ्याक्समार्फत आउने र थप ४० प्रतिशत नेपाल सरकारले किन्नुपर्ने गरी प्रस्ताव पठाइएको महाशाखाका निर्देशक डा. तारा पोखरेलले बताए ।

‘२० प्रतिशत कोभ्याक्सले दिने प्रतिवद्धता छ । अहिलेसम्म हामीले ३ प्रतिशत लगाइसक्यौं । यो आर्थिक वर्षमा यसलाई ३ प्रतिशतलाई १० प्रतिशत पुर्याउन सकियो भने कात्तिकसम्ममा थप ४० प्रतिशतलाई हामीले खोप लगाउनुपर्ने हुन्छ,’ उनले भने, ‘कम्तिमा ७० प्रतिशतलाई खोप लगाइसकेपछि बाँकीमा आफै हर्ड इम्युनिटी बन्छ भन्ने मान्यता छ ।’

उनले खोप उपलब्ध हुन सक्ने दैनिक ६ हजारका दरले विभिन्न चरणमा गरी कात्तिकसम्ममा ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन सकिने जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ