२०८२ चैत्र १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने

अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने


काठमाडौं—सरकारले अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै निःशुल्क कोभिड-१९ संक्रमितको उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्ने भएको हो ।

सोमबार मात्र मन्त्रालयले सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्र कोभिड १९ संक्रमितको निःशुल्क उपचार गर्ने पत्र सम्झौता गरेका सबै मेडिकल कलेज र निजी अस्पतालहरुलाई पठाएको छ । १४ असारसम्म भर्ना भएका कोभिड-१९ का बिरामीले त्यसपछि १० दिनसम्म लागेको उपचार खर्च मात्रै सरकारले निजी मेडिकल कलेज तथा अस्पतालहरुलाई शोध भर्ना दिनेछ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले काटेको पत्रमा मेडिकल कलेज र निजी अस्पतालहरुलाई सरकारले तोकेको शुल्कमा कोभिड १९ संक्रमितको उपचार गर्न भनिएको छ ।

यसअघि सरकारले विभिन्न निजी मेडिकल कलेज र अस्पतालसँग सम्झौता गरेर कोभिड-१९ का बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको थियो । निजी मेडिकल कलेज र अस्पतालहरुमा कोभिड-१९ का बिरामीको उपचार लागेको खर्च सरकारले शोध भर्नाका रुपमा ती मेडिकल कलेज र अस्पताललाई दिदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ