२०८३ कात्तिक १४, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ झलनाथ खनालको उपचार खर्च एमालेले ब्यहोर्ने

झलनाथ खनालको उपचार खर्च एमालेले ब्यहोर्ने


काठमाडौं—नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचारमा लाग्ने खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । नयाँदिल्ली जानुअघि उनको नर्भिक अस्पतालमा उपचार भएको थियो ।

साथै, बैठकले खनालको स्वास्थ्य लाभको कामना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीकाअनुसार बैठकले खनालको उपचार खर्चको जिम्मेवारी लिने नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #उपचारमा लाग्ने खर्च, #एमाले, #झलनाथ खनाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ