२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेशमा इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीबाट आवेदन माग

विदेशमा इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीबाट आवेदन माग


काठमाडौं—विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड-१९ का कारण इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट आवेदन माग गरिएको छ । बुधबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षा आयोगले उनीहरुलाई थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको हो ।

आयोगले २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर नेपालमा नै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाउन आयोगले आवेदन माग गरेको हो । यसअघि आयोगको कार्यकारी समितिको १५ असारमा बसेको बैठकले नेपालमै इन्टर्नसीपको व्यवस्था गर्नका लागि व्यवस्थापन समिति गठन गरेको थियो ।

त्यही इन्टर्नसीप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको कोभिड-१९ का कारण इन्टर्नसीप पूरा नभएको भए इन्टर्नसीप पूरा गर्न इच्छुक विद्यार्थीबाट आवेदन माग गरेको हो ।

आवेदन २४ असारबाट ५ साउनसमम्म अनलाइनमार्फत भर्नुपर्नेछ । आवेदनका लागि १५ हजार शुल्क तिनुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ