२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ को तेस्रो लहरको पूर्व तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

कोभिड-१९ को तेस्रो लहरको पूर्व तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

‘खोप खरिदलाई चुस्त रुपमा अगाडि बढाउनुहोस’


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको पूर्व तयारी अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, उच्च अधिकारीलगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले सम्भावित तेस्रो लहरको तयारी अगाडि बढाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका स्वास्थ्यका उच्च अधिकारी तथा विज्ञहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले कोभिड-१९ को तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयुको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

यस्तै, देउवाले कोभिड-१९ विरुद्धको खोप खरिदलाई पनि चुस्त रुपमा अगाडि बढाउनका निर्देशन दिएका छन् । साथै, खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि उनले स्वास्थ्यका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ