२०७८ साउन ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतले नेपाललाई दियो १५० वेडको आईसीयु

भारतले नेपाललाई दियो १५० वेडको आईसीयु


काठमाडौं—भारतले नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले १ सय ५० वेड आईसीयु हस्तान्तरण गरेका हुन् ।

सहयोग बुझेपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समृद्धिमा सहयोग गर्न भारतलगायतका छिमेकी देशहरुलाई आग्रह गरे ।

भारतीय राजदूत क्वात्राले कोभिड—१९ विरुद्ध लड्न नेपाललाई भारतले निरन्तर सहयोग गर्ने बताए । भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको १० लाख डोज नआइरहेका बेला क्वात्राले यसबारे भने स्पष्ट जवाफ दिएनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)