२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिवको लागि तीन प्रमुख विशेषज्ञको नाम सिफारिस

स्वास्थ्य सचिवको लागि तीन प्रमुख विशेषज्ञको नाम सिफारिस


काठमाडौँ – रित्त रहेको स्वास्थ्य सेवातर्फको सचिव सिफारीस गर्न बसेको समितिले स्वास्थ्य सेवाका १२ औं तहका तीन प्रमुख विशेषज्ञको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सोमबार बिहान ९ बजेबाट बसेको सिफारिस समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन प्रमुख विशेषज्ञको नाम सिफारिस गरेको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको हो  ।

‘१२ औं तहका तीन जनाको नाम सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘आजै क्याबिनेट जान्छ ।’ सचिवको लागि प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, डा. दिपेन्द्र रमण श्रेष्ठ र महेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

तीन दावेदारको स्वास्थ्य सचिवमा सिफारिस भएसँगै डेढ वर्ष देखि हराएको प्रविधिक सचिव स्वास्थ्य मन्त्रालयले पाउने पक्का-पक्की भएको हो ।

यसअघि प्राविधिकतर्फबाट स्वास्थ्य सचिव भएकी डा. पुष्पा चौधरीले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको जागीर खान गएसँगै स्वास्थ्य मन्त्रालयबाट सो दरवन्दी नै गाएव भएको थियो । अघिल्लो सरकारले गत २१ असारमा पुन स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरवन्दी थपे सँगै स्वास्थ्य सेवाको सचिवको बाटो खुलेको थियो ।

प्राविधिक सचिव पाएसँगै पुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन र प्राविधकतर्फका दुई सचिव रहने भएका छन् ।

कसको सम्भावना बढी ?

सचिवको लागि सिफारिस भएका तीनजना मध्ये डा. रोशन पोखरेलको सम्भावना बलियो रहेको स्रोतको दावी छ । ११ औं बाट १२ औ नियुक्ती हुँदा पहिलो नम्बरमा रहेका कारण उनलाई छान्न देउवा सरकारलाई थप दवाव पर्न जान्छ । अहिले स्वास्थ्य मन्त्रालय समेत आफैं  राखेका प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक विचार नजिक रहेका डा. पोखरेल रोजाइमा पर्ने सम्भावाना पनि छ ।

सिफारिस भएका दुई  जना डा. दिपेन्द्र रमण सिंह र महेन्द्र प्रसाद श्रेष्ठ वामपन्थी विचारसँग निकट मानिन्छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका डा सिंह अध्यनसिल तर तत्काल निर्णय दिन सक्ने अधिकारीको रुपमा मन्त्रालयमा चर्चा हुने गरेको छ । तर, पछिल्लो समय सरकारले विदेशबाट गरिरेह्को खोपको व्यवस्थापनमा उनले राम्रो समन्वय गरेको कतिपयको बुझाइ छ ।

सिफारिसमा  परेका महेन्द्र प्रसाद श्रेष्ठ बामपन्थी भएर मात्र सचिवको दौडबाट टाढा रहेका होइनन् । उनको अनिवार्य अवकासको मिति पनि नजिकिएको छ । उनी १८ साउनमा उमेरहदका कारण अनिवार्य अवकास पाउने छन् । श्रेष्ठ हेल्थ असिस्टेन्टबाट सेवा सुरु गरेर १२ औं तह पुगेका हुन् ।

स्वास्थ्य सचिवको सिफारिस बढुवा समितिमा लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य/अध्यक्ष, लोक सेवा आयोगको अध्यक्षले तोकेको सो आयोगको सदस्य/सदस्य, मुख्य सचिव/सदस्य, लोक सेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयको विशेषज्ञ /सदस्य, सामान्य प्रशासन मन्त्रालयको सचिव /सदस्य/सचिव रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ