२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन


काठमाडौं—प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ संचालक समिति चयन भएको छ ।

नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्नेलगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ ।

नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।

प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छिन् भने संचालकहरुमा भुवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् ।

उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. पंकज जलान, #डा. मधु घिमिरे, #नर्भिक इन्टरनेशनल हस्पिटल, #मेघा चौधरी, #राजेन्द्रबहादुर सिंह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)