२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सशांकले अस्वीकार गरे स्वास्थ्यमन्त्री, सिटौलाले माने गगन सर्वसम्मत

डा. सशांकले अस्वीकार गरे स्वास्थ्यमन्त्री, सिटौलाले माने गगन सर्वसम्मत


काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न राखेको प्रस्ताव नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवाले महामन्त्री डा. कोइरालालाई सरकार सफल बनाउन चिकित्सकसमेत रहेका कोइरालालाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको नेतृत्व लिन अनुरोध गरेका थिए । प्रधानन्त्री निकट स्रोतकाअनुसार उनले तत्काल आफू सरकारमा नजाने जवाफ दिएका छन् । ‘महामन्त्रीज्यूले म महाधिवेसनको तयारीमा लाग्छु,’ कोइरालाले दिएको जवाफ उधृत गर्दै स्रोतले भन्यो, ‘म अध्यक्षको तयारीमा छु । अहिले मन्त्री खानतिर भन्दा त्यसको तयारी गर्छु भन्नुभयो।’

कोइरालाले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री अस्वीकार गरेसँगै यसअघि स्वास्थ्य मन्त्री भइसकेका युवा नेता गगन थापाको सम्भावना बलियो हुँदै गएको स्रोतको दावी छ । थापाले पार्टीको कुनै गुटको कोटाबाट भन्दा पनि निर्विकल्प सिफारिस हुने वातावरण बनाउँदैं गएका छन् । तर, त्यसमा यसअघि उनी नजिक रहेका भनिएका नेता कृष्णप्रसाद सिटौला बाधक बनिरहेको स्रोतको भनाइ छ ।

‘महामन्त्रीले अस्वीकार गरेपछि अन्य कतैबाट पनि उहाँलाई अवरोध छैन्,’ स्रोतले भन्यो ‘तर, गुट परिवर्तन गरेका कारण नेता कृष्णप्रसाद सिटौलाले सर्वसम्वत रुपमा थापालाई स्वास्थ्यमन्त्री बनाउन मानिरहनुभएको छैन ।’

यसअघि नेता सिटौला खेमामा रहेका थापाले सिटौला खेमा छोडेर शेखर कोइरालासँग नजिक भइसकेको कांग्रेस वृत्तमा चर्चा छ । सिटौला समूहलाई एउटा मन्त्रीको भाग परेको र त्यसका लागि पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको नाम सिटौलाले देउवालाई दिइसकेका छन् । सिटौलाले चौधरीलाई पुनः स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउन प्रधानन्त्रीलाई दबाब दिइरहेका छन् । थापा यसअघि सिटौंला समूहबाटै स्वास्थ्यमन्त्री बनेका थिए ।

जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगबाट आइतबारसम्म सकिए आइतबार नै स्वास्थ्यमन्त्री नियुक्त हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । ।


क्याटेगोरी : समाचार
ट्याग : #उमाकान्त चौधरी, #कृष्णप्रसाद सिटौला, #डा. सशांक कोइराला, #नेता गगन थापा, #नेपाली कांग्रेस, #शेरबहादुर देउवा, #स्वास्थ्य तथा जनसंख्या


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ