२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएआईएनद्वारा साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य पत्रकार मञ्च नेपाललाई सहयोग

एआईएनद्वारा साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य पत्रकार मञ्च नेपाललाई सहयोग


काठमाडौं – एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) सहयोग गरेको छ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा एआईएनले कोभिड महामारीका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्य पत्रकारकालागि स्वास्थ्य सामग्री सहयोग गरेको हो।

सो सामग्री एआईएनका अध्यक्ष डा. सुशील कोइरालाले मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन्।

एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, डामिएन फाउण्डेशन गरी ६ वटा गैरसरकारी संस्थाले सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर लगायत गरी साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #एआईएन, #स्वास्थ्य पत्रकार मञ्च नेपाललाई सहयोग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ