२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ सेवा सुचारू गर्न माग राख्दै विपी प्रतिष्ठानमा प्रदर्शन, उपकुलपतिको कार्यलयमा तोडफोड

सेवा सुचारू गर्न माग राख्दै विपी प्रतिष्ठानमा प्रदर्शन, उपकुलपतिको कार्यलयमा तोडफोड


विराटनगर – सुनसरीको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु गर्नुपर्ने मागसहित् प्रदर्शन गरेका छन् । विभिन्न राजनीतिक दलले सोमबार विज्ञान प्रतिष्ठानमा सेवा सुरु गर्नुपर्ने माग राख्दै  प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान राज्यपरिषद्लगायतले प्रतिष्ठानको ओपीडीलगायतका सेवा यथावत रूपमा सञ्चालनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा दुई महिनादेखि लगाइएको ताला पनि फुटाएका थिए ।

त्यस्तै, प्रदर्शनका क्रममा बोकेको झन्डा प्रहरीले खोसेपछि केहीबेर प्रतिष्ठानको प्रवेशद्वारमा तनाव उत्पन्न भएको थियो । अहिले प्रतिष्ठान परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले प्रतिष्ठानका झ्यालढोकाका सिसा फुटाएका छन् ।

आइतबारदेखि प्रतिष्ठानका वि.पी. प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले ओपीडी (बहिरंग) सेवा बहिष्कार गरेको छ । सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले ओपीडी सेवा ठप्प पारेका हुन् । तर चिकित्सकहरुले उपकुलपति परिसरमा केही बिरामी स्वास्थ्य परीक्षण जारी राखेका छन् ।

प्रतिष्ठानमा बढ्दो बेथिति, आर्थिक भ्रष्टाचारविरुद्ध अढाई महिनाअघिको आन्दोलनपछि उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको सेवावाहेक अन्य सबै बहिष्कार गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ