२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सेवा सुचारू गर्न माग राख्दै विपी प्रतिष्ठानमा प्रदर्शन, उपकुलपतिको कार्यलयमा तोडफोड

सेवा सुचारू गर्न माग राख्दै विपी प्रतिष्ठानमा प्रदर्शन, उपकुलपतिको कार्यलयमा तोडफोड


विराटनगर – सुनसरीको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु गर्नुपर्ने मागसहित् प्रदर्शन गरेका छन् । विभिन्न राजनीतिक दलले सोमबार विज्ञान प्रतिष्ठानमा सेवा सुरु गर्नुपर्ने माग राख्दै  प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान राज्यपरिषद्लगायतले प्रतिष्ठानको ओपीडीलगायतका सेवा यथावत रूपमा सञ्चालनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा दुई महिनादेखि लगाइएको ताला पनि फुटाएका थिए ।

त्यस्तै, प्रदर्शनका क्रममा बोकेको झन्डा प्रहरीले खोसेपछि केहीबेर प्रतिष्ठानको प्रवेशद्वारमा तनाव उत्पन्न भएको थियो । अहिले प्रतिष्ठान परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले प्रतिष्ठानका झ्यालढोकाका सिसा फुटाएका छन् ।

आइतबारदेखि प्रतिष्ठानका वि.पी. प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले ओपीडी (बहिरंग) सेवा बहिष्कार गरेको छ । सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले ओपीडी सेवा ठप्प पारेका हुन् । तर चिकित्सकहरुले उपकुलपति परिसरमा केही बिरामी स्वास्थ्य परीक्षण जारी राखेका छन् ।

प्रतिष्ठानमा बढ्दो बेथिति, आर्थिक भ्रष्टाचारविरुद्ध अढाई महिनाअघिको आन्दोलनपछि उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको सेवावाहेक अन्य सबै बहिष्कार गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ