२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् चिकित्सा शिक्षातर्फ ७५ प्रतिशत छात्रवृत्ति दिइने प्रतिष्ठान, मेडिकल तथा नर्सिङ कलेज (सूचीसहित)

यी हुन् चिकित्सा शिक्षातर्फ ७५ प्रतिशत छात्रवृत्ति दिइने प्रतिष्ठान, मेडिकल तथा नर्सिङ कलेज (सूचीसहित)


काठमाडौं–सरकारले चिकित्सा शिक्षातर्फ अध्ययन अध्यापन गराउने सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने कानुनी व्यवस्था छ । यस पटक चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ विषय अध्ययन अध्यापनका लागि प्रवेश परीक्षा लिएको थियो । ती परीक्षामा झण्डै १० हजार विद्यार्थी उत्तीर्ण भएका छन् ।

निजी र सार्वजनिक गरी झण्डै ५ हजार विद्यार्थीले चिकित्सातर्फको स्नातक तहमा अध्ययन गर्नेछन् । जसमा सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति पाउँछन् भने निजी शिक्षण संस्थामा स्वदेशी लगानीबाट संचालित भए १० प्रतिशत र विदेशी लगानीबाट संचालित भए २० प्रतिशत छात्रवृत्ति प्रदान हुन्छ ।

आयोगले पहिलोपटक स्नातक तहका कार्यक्रकमो लागि एकीकृत प्रवेश परीक्षा लिएर परीक्षाफल प्रकाशित गरिसकेको छ । परीक्षाफल प्रकाशित गरेको एक महिना हुन लाग्दा पनि विद्यार्थीहरुको कलेज म्याचिङ्ग प्रक्रिया सुरु भएको छैन । आयोगले शनिबारबाट म्याचिङ्ग सूचना प्रकाशित गर्ने जानकारी दिएको छ ।

कलेज म्याचिङ्ग प्रक्रिया सुरु गर्नुअघि आयोगले ७५ प्रतिशत छात्रवृत्ति पाउने सार्वजनिक शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ । जसमा एमबीबीएसतर्फ पढाइ हुने सार्वजनिक शिक्षण संस्थामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्टान, महाराजगञ्ज मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना मेडिकल कलेज रहेका छन् । यी मेडिकल कलेजमा ७५ प्रतिशत विद्यार्थीले निःशुल्क एमबीबीएस पढ्न पाउनेछन् ।

विडिएसतर्फ भने महाराजगञ्ज र धरानमा मात्र ७५ प्रतिशत छात्रवृत्ति हुने उल्लेख छ । विएस्सी नर्सिङ्गतर्फ १२ कलेज रहेका छन्, त्यसैगरी विएएसएलपिमा १, वि प्रिफियुजन टेक्नोलोजी १, विएएमएसमा २, विएनएस १३, विएनएस मिडवाइफ्रीमा ३, विएसी एमएलटीमा ७, विएसी एआर्इटीमा ३, विफर्मा ६, वी अप्थोमेट्रिमा २, विपिटी १ र विपिएच ८ वटा कलेजमा ७५ प्रतिशत छात्रावृत्ति रहेको छ ।

सरकारले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने कलेजको नाम


क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सा शिक्षा, #चिकित्सा शिक्षा आयोग, #छात्रवृत्ती, #नर्सिङ् कलेजे, #मेडिकल, #विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ