२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिन ९ महिनामै नोबेल अस्पतालबाट बाहिरिइन् सिईओ प्रा.डा. चन्दा कार्की ?

किन ९ महिनामै नोबेल अस्पतालबाट बाहिरिइन् सिईओ प्रा.डा. चन्दा कार्की ?


काठमाडौं—महत्वकांक्षी योजनाका साथ सिनामंगलस्थित नोबेल अस्पताल व्यवस्थापनले टिमसहित भित्र्याएकी प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल प्रा.डा. चन्दा कार्की ९ महिना नबित्दैं नोबेल अस्पताल तथा कलेजबाट अलग भएकी छन् । पुरानो बानेश्वर बन्दै गरेको २ सय शैय्याको अत्याधुनिक अस्पताल र नर्सिङ तथा पारामेडिक्स कलेजलाई उचाइमा पु¥याउने योजनाका साथ डा. चन्दाको टिमलाई गत मंसिरमा नोबेल अस्पताल व्यवस्थापनले भित्र्याएको थियो ।

काठमाडौं मेडिकल कलेज (केएसी)लाई २१ वर्ष काम गर्दा डा. चन्दाले १२ वर्ष व्यवस्थापनका महत्वपूर्ण भूमिकाका रहेर काम गरेकी थिइन् । उनले काठमाडौं मेडिकल कलेजमा ४ वर्ष सिईओ र ८ वर्ष प्रिन्सिपलका रुपमा भूमिका निर्वाह गरेकी थिइन् । केएमसी पब्लिक लिमिटेडमा बहुमत शेयरसहित सुनिल शर्मा भित्रिएसँगै असन्तुष्ट बनेकी कार्कीसहित पूराना अधिकांश चिकित्सक र कर्मचारीहरुले छाडेका थिए ।

काठमाडौं मेडिकल कलेजलाई एउटा उचाइमा पु¥याउन महत्वपूर्ण व्यवस्थापकीय कौशल देखाएकाले नोबेल व्यवस्थापनले उनलाई सिईओ र प्रिन्सिपलको भूमिकामा दिएर भित्र्याएको थियो । प्रा.डा. कार्कीले कोभिड—१९ को मध्य समयमा नोबेलको नेतृत्व गर्न पुगेकी थिइन् ।

कोभिड—१९ का कारण सोचेजस्तो परिवर्तन आउन नसकेपछि ६ महिनाको नियुक्ति लिएर गएकी उनको नियुक्ति नवीकरण भएको थियो । नोबेल अस्पताल व्यवस्थापनले चार महिना अगाडि नै डा. कार्कीले नोबेल छोडेको दावी गरेको छ । ‘उहाँले चार महिना अगाडि नै नोबेल अस्पताल छोडिसक्नुभएको छ,’ नोबेल अस्पतालका सञ्चालकमध्येका एक सुरेन्द्र श्रेष्ठले भने ।

तर, डा. कार्कीले कन्ट्याक्ट नवीकरण नभएपनि ९ महिनासम्म नोबेल अस्पतालको प्रमुख कार्यकारी भूमिकामा रहेर काम गरेकी थिइन् । उनी एक महिनाअघिदेखि मात्रै नोबेल आउन छाडेकी हुन् ।

अहिले डा. कार्की पहिलदेखि नै पार्टटाइम काम गर्दै आएको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा बिरामी हेर्दै आएकी छन् ।

उनले छाडेपछि खाली रहेको नोबेलको प्रमुख कार्यकारी अधिकृत र प्रिन्सिपल पद भने खाली रहेको छ । ‘अहिले सिईओ र प्रिन्सिपलको पद खाली नै छ,’ सञ्चालक श्रेष्ठले भने ।

डा. कार्कीले नोबेल छोडेतापनि उनीसँगै आएको टिम भने यथावत नै छ । तर, नोबेल अस्पताल आर्थिक संकटमा परेका कारण डा. कार्कीसँगै अन्यले पनि नोबेल अस्पताल छोड्न सक्ने देखिएको छ । अस्पतालका एक कर्मचारीले दिएको सूचनाअनुसार अस्पतालले नियमित तलब खुवाउन नसकेपछि समस्या सिर्जना भएको छ ।

यो पनि पढ्नुस्

नोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की

प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकले छोडे केएमसी


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौ मेडिकल कलेज, #नोबेल अस्पताल, #प्रा.डा. चन्दा कार्की


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ