२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की

नोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की


काठमाडौं—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्रिन्सिपलबाट राजीनामा दिएर बाहिरिएकी प्रा.डा. चन्दा कार्की काठमाडौं सिनामंगलस्थित नोबेल हस्पिटलमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएकी छन् । प्रा.डा. कार्की सिइओसँगै नोबेलको पारमेडिक्स र नर्सिङ कलेजको प्रिन्सिपलको जिम्मेवारी पनि सम्हानेछिन् ।

‘उहाँ (प्रा.डा.चन्दा कार्की) प्रमुख कार्यकारी अधिकृत तथा कलेजको प्रिन्सिपलमा नियुक्त हुनुभएको छ,’ नोबेलका सल्लाहकार तथा पूर्व अस्पताल कोर्डिनेटर डा लोचन कार्कीले हेल्थआवाजसँग भने, ‘नोबेलको ठूलो अस्पताल बन्दैंछ । त्यसैका लागि टिम एक्स्पान्ससहितको अधिकार लिएर उहाँ आउनुभएको हो ।’

स्रोतकाअनुसार अहिले डा. चन्दा मात्र आएपनि विस्तारै उनले आफू अनुकूल टिम निर्माण गर्ने गरी नोबेलमा भित्र्याइएको हो ।

डा. कार्कीसँग केएमसी २० वर्ष काम गरेको अनुभव छ । उनी उक्त अवधिमा ४ वर्ष केएमसीको सिइओ र ८ वर्ष मेडिकल कलेजको प्रिन्सिपलमा रुपमा कार्यरत थिइन् । उनी कर्मचारीका तर्फबाट केएमसीको बोर्डमा समेत थिइन् ।

केएमसीमा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा भित्रिएसँगै डा. चन्दासहित ११ जना चिकित्सक र करिब पाँच दर्जन कर्मचारीले राजीनामा दिएका थिए ।

नोबेल हस्पिटलले पारामेडिक्स तथा नर्सिङ तर्फको कलेज पनि सञ्चालन गरिरहेको छ । यसको पूरानो बानेश्वर ओरालोमा २ सय शैय्याको अत्याधुनिक अस्पताल निर्माणको अन्तिम चरणमा छ ।

उक्त नयाँ भवनबाट ६ महिनाभित्र सेवा दिने तयारी व्यवस्थापनको छ ।

यो पनि पढ्नुस् 

प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकले छोडे केएमसी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ