काठमाडौं-नेपाल मेडिकल काउन्सिलको आगामी मंसिरमा १ उपाध्यक्ष र ८ सदस्यका लागि हुने निर्वाचनमा ३५ जनाले उम्मेदवारी दिएका छन् । एक उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा डा. शिवजी पौडेल, डा. रामपरिक्षण यादव र डा. प्रमोद कुमार यादव रहेका छन् ।
यस्तै, ८ जना सदस्यका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । डा. गणेशकुमार राई नेतृत्वको निर्वाचन समितिले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।
काउन्सिलको ३-४ मंसिरमा उपत्यकाबाहिर र १०-११ मंसिरमा उपत्यकाभित्र निर्वाचन हुँदैछ ।
यसअघि काउन्सिलको ९ भदौंमा बसेको पूर्ण बैठकले डा. राईका नेतृत्वमा डा।मधुसुदन पुन, डा। मनोज हुमागाई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।
जसको सदस्य सचिवमा अनिता लामा रहेकी छन् । काउन्सिलको निर्वाचनमा ८ भदौंसम्म काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले भाग लिने पाउनेछन् ।
निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल चार वर्षको हुन्छ ।

