२०८२ असार २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५३३ जना थप कोभिड-१९ संक्रमित थपिए, ४८४ जना संक्रमणमुक्त

५३३ जना थप कोभिड-१९ संक्रमित थपिए, ४८४ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ५ सय ३३ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म कोभिड—१९ बाट अहिलेसम्म संक्रमित हुनेको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जना कोभिड संक्रमित निको भएरका छन् । अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३ सय ६ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड—१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ