२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट १० लाख ५८ हजार डोज भेरोसेल खोप आइपुग्यो

चीनबाट १० लाख ५८ हजार डोज भेरोसेल खोप आइपुग्यो


काठमाडौं—नेपाल सरकारले कष्ट सेयरिङमार्फत किनेको १० लाख ५८ हजार डोज कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । बिहीबार विहान चिनियाँ कार्गो विमानमार्फत १० लाख ५८ हजार भेरोसेल खोप काठमाडौं आइपुगेको हो ।

‘कष्ट सेयरिङमार्फत नेपाल सरकारले खरिद गरेको १० लाख ५८ हजार डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ,’ स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने ।

यसअघि स्वीजरल्याण्ड सरकारले सहयोग र कोभ्याक्स सुविधामार्फत बुधबार राति ४ लाख ९२ हजार डोज कोभिड-१९ विरुद्धको अस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ