२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ प्रभावित अतिविपन्न ५ लाख परिवारलाई १० हजार नगद दिइदै

कोभिड-१९ प्रभावित अतिविपन्न ५ लाख परिवारलाई १० हजार नगद दिइदै


काठमाडौँ – सरकारले कोभिड प्रभावित अतिविपन्न ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने भएको छ। बिहिबार अर्थ मन्त्रालयले सूचना जारी गरी कोभिड प्रभावित अतिविपन्न ५ लाख परिवारलाई एकपटकका लागि १० हजार रुपैयाँका दरले अनुदान रकम वितरण गर्न लागिएको जनाएको हो।

कोभिड महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिन लागिएको हो।

मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको परिवारको एक सदस्यले आफ्नो वडा कार्यालयमा ‘कोभिड – १९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८’को ढाँचामा निवेदन गर्न सक्ने छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ