२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् कोभिड-१९ का २०० बढी सक्रिय संक्रमित भएका १२ जिल्ला

यी हुन् कोभिड-१९ का २०० बढी सक्रिय संक्रमित भएका १२ जिल्ला


काठमाडौं—नेपालमा कोभिड-१९ संक्रमणको दरमा कमी आएपनि अझै कोभिड नियन्त्रणमा आउन सकेको छैन । मंगलबारसम्म सक्रिय संक्रमित शुन्य भएका ३ जिल्लामात्रै छन् ।

कोभिड-१९ संक्रमणमुक्त भएका तीन जिल्लाहरुमा हुम्ला, डोल्पा र मनाङ रहेका छन् ।

अझै पनि मुलुकमा ७४ जिल्लामा कोभिड-१९ का सक्रिय केसहरु छन् । जसमध्ये १२ जिल्लामा त २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयकाअनुसार ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा संघीय राजधानी काठमाडौंसहित छिमेकी जिल्ला ललितपुर रहेका छन् । यी दुवै जिल्लामा कोभिड-१९ का ५ सय बढी सक्रिय केसहरु छन् ।

यस्तै, मुलुकका अन्य १० वटा जिल्लामा कोभिडका सक्रिय केस २ सयमाथि छन् । यस्ता जिल्लाहरुमा प्रदेश १ का तीन जिल्लाहरु झापा, मोरङ र सुनसरी रहेका छन् ।

यस्तै, प्रदेश २ को धनुषा, बागमती प्रदेशको भक्तपुर, गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व लुम्बिनीको रुपन्देही र बाँके तथा सुदूरपश्चिमको कैलाली जिल्लामा २ सयभन्दा बढी कोभिडका सक्रिय केसहरु छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ