२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४१४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २०२ जना संक्रमणमुक्त

नेपालमा थप ४१४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २०२ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४ सय १४ जनामा कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय १४ जनामा कोभिड संक्रमण पोजेटिभ पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या ८ लाख १८ हजार ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ बाट संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार ९ सय १६ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अहिलेसम्म कोभिड संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ