२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडपछि थपिए ३२३४ एचडियु वेड, २४२० आईसीयु वेड र ८१४ भेन्टिलेटर

कोभिडपछि थपिए ३२३४ एचडियु वेड, २४२० आईसीयु वेड र ८१४ भेन्टिलेटर


काठमाडौं-कोभिड-१९ महामारीपछि अस्पतालका बेड तथा भेन्टिलेटरमा बढोत्तरी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ केस उपचार गर्ने अस्पतालहरुको तथ्यांकअनुसार महामारीपछि ठूलो संख्यामा एचडियु बेड, आईसीयु बेड र भेन्टिलेटर थपिएका हुन् ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार कोभिड-१९ अघि शुन्यको संख्यामा रहेको एचडियु (हाई डिपेन्डेन्सी युनिट) बेडको संख्या ३ हजार २ सय ३४ पु¥याइएको छ । सेप्टेम्बर २०२० पछि प्रदेश नं. १ मा ४ सय ६९, प्रदेश नं. २ मा ६ सय ३५, बागमती प्रदेशमा ९ सय ३६, गण्डकी प्रदेशमा २ सय ७२, लुम्बिनी प्रदेशमा ६ सय ३०, कर्णाली प्रदेशमा ९६ र सुदूरपश्चिम प्रदेशमा १ सय ९६ एचडियु बेड विस्तार गरिएको छ ।

यस्तै, महामारी अघि ५ सय २४ संख्यामा रहेको आईसीयु बेडलाई पनि ब्यापक विस्तार गरिएको छ । ११ अगष्ट २०२१ को तथ्यांकअनुसार देशभरका अस्पतालमाहरुमा आईसीयु बेडको संख्या २ हजार ९ सय ४४ पुगेको छ । जसमा प्रदेश नं. १ मा २ सय ७४, प्रदेश नं. २ मा ३ सय, बागमती प्रदेशमा १ हजार ९ सय ३०, गण्डकी प्रदेशमा १ सय ६५, लुम्बिनी प्रदेशमा १ सय ३५, कर्णाली प्रदेशमा ७३ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा आईसीयु बेड पु¥याइएको छ । त्यसअघि उक्त प्रदेश नं. १ मा ८८, प्रदेश नं. २ मा २६, बागमती प्रदेशमा २८६, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ७७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १९ आईसीयु बेड रहेका थिए ।

यस्तै, कोभिड—१९ का गम्भीर बिरामीलाई अत्यावश्यक मानिएको भेन्टिलेटरको क्षमतामा पनि वृद्धि भएको छ । कोभिड-१९ महामारीअघि २ सय २२ भेन्टिलेटर रहेका थिए । अहिले मुलुकभर भेन्टिलेटरको संख्या १ हजार ३६ पुगेको छ । ८ सय १४ नयाँ भेन्टिलेटर थपिएका छन् । पछिल्लो समय भेन्टिलेटरको संख्या प्रदेश नं. १ मा १ सय ५९, प्रदेश नं. २ मा १ सय २४, बागमती प्रदेशमा ५ सय ४३, गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ३५ र सुदूरपश्चिम प्रदेशमा २९ रहेको छ ।

सेप्टेम्बर २०२० सम्ममा २ हजार ८ वटा आइसोलेसन बेड रहेकोमा अहिले उक्त संख्यामा पनि भारी वृद्धि भएको छ । मन्त्रालयको तथ्याकअनुसार अहिले देशभर ७ हजार ९ सय ८४ आइसोलेसन बेड छन् । अस्पतालहरुको समग्र बेड क्षमता पनि तेब्बर वृद्धि गरिएको छ । सेप्टेम्बर २०२० सम्ममा जम्मा बेड संख्या १० हजार २ सय २१ रहेको थियो भने २७ जुलाई २०२१ मा ३० हजार ३२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ