२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २१६ जनामा कोभिड–१९ संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा थप २१६ जनामा कोभिड–१९ संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडाैं–नेपालमा थप २ सय १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ मा संक्रमित हुनेहरुको संख्या ८ लाख २८ हजार ९ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ४ सय १९ रहेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ५ सय ९६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ