२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाया मारिसकेका बिरामीले पाए नयाँ जीवन

माया मारिसकेका बिरामीले पाए नयाँ जीवन


विराटनगर – पछिल्लो समय विरामीका आफन्तहरुले अस्पताल र चिकित्सकहरुको लापरवाहीले बिरामीको मत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ । तर, यस्तो पनि अस्पताल छ, जहाँ बिरामीका आफन्तले मायाँ मारिसकेकालाई पुनः जीवन दिएका छन् ।

पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइ जना विरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षीय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड–इन–सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर बिरामीले नयाँ जीवन पाएका हुन् ।

प्रेसरका विरामी पनि रहेका चौधरी महिना दिन अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए । उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पु¥याएका थिए ।

‘विराटनगरका एक अस्पतालमा एक हप्ता जति उपचार गरिम । बुवाको होस आएन,’बिरामी चौधरीको छोरी सुसिलाले भनिन्, ‘बुवाको होस नआएपछि चिकित्सकले बुवाको उपचार सम्भव नहुने र घर लैजान सुझाव दिएका थिए । माया मारेर हामीले घर लिएर गयौं । बेहोस हुनुभएको बुवाले हात चलाउन थालेपछि हस्पिटल लैजाने आफन्तमा सल्लाह भयो । त्यसपछि १ पुसमा आर्या न्यूरो हस्पिटलमा लिएर आएका हौं ।’

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि बुवाको स्वाथ्य अवस्था ठिक भएपछि हर्षित् मुद्रामा देखिएकी छोरी सुसिलाले बताइन् । ‘अहिले बुवा मज्जासँगले बोल्न र हिडडुल गर्न सक्नुहुन्छ । १८ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुवालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुवालाई बचाउनुभयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुवाले नयाँ जीवन पाउनुभयो ।’ चौधरीको परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

चौधरीको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । चौधरीको उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए ।

यसअघि पनि आर्या अस्पतालले सुनसरीको इनरुवा ३ की ३९ वर्षिय पुष्पालत्ता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उक्त अस्पतालमा उनको मस्तिकष्कको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सुब्बा अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्कमा रगत जमेको थियो । बेहोस भएकी सुब्बालाई लिएर उनका परि वारले विराटनरको विभिन्न अस्पताल लिएर गए । तर, उपचार हुन सकेन ।

उपचार सम्भव नभएपछि सुब्बाको परिवारले घर लिएर गए । उनको परिवारका एक सदस्य चिकित्सक रहेका थिए । उनले अर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालसँग सल्लाह गरेपछि हस्पिटल मंसिरम लिएर आए । विरामी आएपछि डा. नेपालले जोखिम लिएर उपचार प्रक्रिया अगाडी बढाए । यसो हेरे, बिरामीको अवस्था जटिल रहेको थियो । उनले सोचे्, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिएभने त पुप्पालत्ताले एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिएभने त निश्चित छ एउटा जीवन सकिन्छ ।’

उनले बिरामीपक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरे पछि शल्यक्रिया सुरु गरे । सुब्बाको मस्तिष्कमा रगतजमेको कारणले डा. नेपालको टिमले सोही दिन उनको शल्यक्रिया गरेर जमेको रगत निकाले । ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो,’ डा. नेपालले भने । उपचारपछि ठिक भएका विरामी सुब्बा अहिले पनि अस्पतालमा फलोअपको लागि आउने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आर्या न्युरो अस्पता, #डा. पंकजराज नेपाल, #विरामी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ