२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्वाचन आचार संहिताले लुम्बिनी प्रदेश स्वास्थ्य सचिव हेरफेर रोकियो

निर्वाचन आचार संहिताले लुम्बिनी प्रदेश स्वास्थ्य सचिव हेरफेर रोकियो


काठमाडौ–संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय सभा निर्वाचनको आचार संहिता ख्याल नगर्दा लुम्बिन प्रदेश स्वास्थ्य तथा जनसंख्या सचिव हेरफेर प्रकृया रोकिएको छ ।

संघिय स्वास्थ्य मन्त्रालयले बुधवार स्वास्थ्य मन्त्री स्तरिय निर्णय गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा परिवर्तनकोलागि सिफारिस गरेको थियो ।

संघिय मन्त्रालयले लुम्बिनी प्रदेश अस्पतालका चिकित्सक डा राजेन्द्र खनाललाई प्रदेश स्वास्थ्य सचिव नियुक्ती गर्न सिफारीस गरेको थियो । त्यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटालाई संघिय स्वास्थ्य मन्त्रालय तान्न सिफारीस गरेको थियो ।

संघिय स्वास्थ्य मन्त्रालयको प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव हेरफेरको पत्र सामान्य प्रशासन मन्त्रालयमा आइपुगे तापनि राष्ट्रिय सभा निर्वाचनको आचार संहिता लागु भइसकेका कारण तत्काल प्रकृया अगाडी बढ्न नसक्ने सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए । ‘केन्द्रबाट प्रदेश र प्रदेशबाट केन्द्रमा सरुवा गर्न निर्वाचन आचार संहिताले रोकिसकेको छ ।’ उनले भने ‘अव निर्वाचन सकिएपछि मात्र प्रकृया अगाडी बढ्छ ।’

सहसचिव विष्टले आचारसंहितामा मन्त्रालय र सोही मन्त्रालय माताहतमा पदस्थापन गर्न अधिकार दिएतापनि अन्तर मन्त्रालय, अन्तर प्रदेश, एक स्थानिय तह बाट अर्को स्थानिय तह लगायतका सरुवाको काम नहुने बताए । निर्वाचन आयोगले माघ १२ मा हुने निर्वाचनकोलागि २६ पुषबाटै आचार संहिता लागु हुने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा विकास देवकोटा, #डा. राजेन्द्र खनाल, #प्रदेश, #लुम्बिनी, #लुम्बिनी प्रदेश अस्पताल, #संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ