२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३५४० जना कोभिड-१९ संक्रमित, ३२ जनाको मृत्यु

नेपालमा थप ३५४० जना कोभिड-१९ संक्रमित, ३२ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राकाअनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४५ नमुना परीक्षण गर्दा ३ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, १३ माघदेखि १६ माघसम्म ३२ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना कोभिड-२९ संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय कोभिड-१९ केसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ