२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । सोमबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सहसचिव हुन् ।

यसअघि प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको नेतृत्वमा रहेको उपकुलपति सिफारिस समितिले डा. लामिछानेसहित डा. नारायणविक्रम थापा र डा. ऋषिकेशनारायण श्रेष्ठको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । त्यसअघि डा. थापा, डा. रामेश कोइराला र डा. प्रदिप घिमिरेको नाम सिफारिस गर्ने तयारी थियो ।

‘तर, अन्तिम समयमा नाम परिवर्तन भएर डा. विकासको नाम थपिएको हो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो । सिफारिस तीन नामबाट देउवाले उपकुलपतिमा डा. लामिछानेलाई नियुक्त गरेका हुन् ।

राप्तीको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ