काठमाडौँ – नेपाल डेन्टल एसोसिएसन(एनडीए)ले मुख स्वास्थ्य दिवसको दिन विभिन्न कार्यक्रम गरी मनाएको छ । एसोसिएसनले विभिन्न क्षेत्रमा पुगेर मुख तथा दन्त स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्नेदेखि निशुल्क दन्त परामर्श शिविर, विद्यालयमा डेन्टल क्विज कम्पिटिशन, दन्त स्वास्थ्य सम्बन्धी गोष्ठी जस्ता कार्यक्रम गरी मनाएको हो ।

दिवसका दिन एसोसिएसनले सामाजिक सञ्जालमा नागरिक सचेतना अभियानको रूपमा कुट चिकित्सा ( Quakery) विरुद्ध ‘Anti Quackery Video Competition’ का साथै कलाकार तथा चिकित्सक हरुबाट मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो सामग्री सम्प्रेषण गरेको थियो ।

त्यस्तै, आपसी भ्रातृत्व विकास गर्न दन्त चिकित्साका विद्यार्थी, दन्त चिकित्सक तथा प्राज्ञहरुको समेत सहभागितामा काठमाडौंमा एनडीए फुटसल प्रतियोगिता, धरान, जनकपुर, चितवन, रुपन्देहीमा जनचेतनामुलक र्याली, मोरङको प्रदेश १ प्रहरी हेड क्वार्टरमा निशुल्क दन्त परामर्श शिविर पनि एसोसिएसनले गरेको छ ।

रुपन्देहीको नेपाल अपाङ्ग आश्रममा रहेका बिरामीहरूको सम्पूर्ण दन्त उपचार निशुल्क गर्ने घोषणा गर्दै खाद्यान्न समेत वितरण प्रदेश १ प्रहरी हेड क्वाटरमा प्रहरीहरुलाई लक्षित गरी दन्त स्वास्थ्य सचेतना कार्यक्रम तथा ब्रस, पेस्ट र माउथवास वितरण गर्नुको साथै बाँकेमा स्कुले विद्यार्थीहरु लक्षित डेन्टल कुइज कम्पिटिशन तथा बर्दिबास र हेटौंडामा दन्त स्वास्थ्य सचेतना कोण सभा जस्ता विभिन्न कार्यक्रम एसोसिएसनले गरेको छ ।
