२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनि:शुल्क शिविरबाट ३५० जना लाभान्वित

नि:शुल्क शिविरबाट ३५० जना लाभान्वित


रसुवा – रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ,श्याफ्रुबेशीमा जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरबाट ३५० जना लाभान्वित भएका छन। स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पातालको प्राविधिक सहकार्यमा उक्त शिविर सम्पन्न भएको थियो।

शिविरमा स्त्री तथा प्रसुति डा. मनोर दिन सैयद, हाड जोर्नी तथा नशा डा. उजोन शाक्य, सामान्य चिकित्सा डा.राजेन्द्र ढुंगाना, डा. छितिज थकाली, डा. धनु माया गुरुङ र दन्त रोगमा रसुवा जिल्ला अस्पतालबाट डा. सुरेश दहालले सेवा प्रदान गरेको थियो।

उक्त शिविर मा नि:शुल्क स्वास्थ्य परीक्षण साथै, भिडियो एक्स-रे, औषधी वितरण, ल्याब सेवा समेत उपलब्ध थियो। सो कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कैसांग नुर्पु तामाङले स्वास्थ्यकर्मीहरुको टोलीलाई विशेष धन्यबाद दिंदै स्थानीय जनताहरुलाई गुणस्तरीय सेवाको लागि गाउँपालिका सदैब तत्पर रहेको बताए।

गोसाइँकुण्ड गाउँपालिकाबाट मनमोहन अस्पताल उपचारका लागि आउने सेवाग्रहीहरुलाई विशेष छुटको व्यवस्था गरिएको अस्पतालका प्रवर्धन प्रमुख सन्जिव कँडेलले जानकारी दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ