अमेरिकामा ५० वर्ष वा सोभन्दा माथिका उमेर समुहका लागि कोभिड-१९ को अर्को बूस्टर डोजको अनुमति मिलेको छ। मंगलबार अमेरिकी खाद्य तथा औषधी प्रबन्धक (एफडीए)ले सो समूहलाई फाइजर वा मोडर्ना खोपको चौथो डोजको लागि अनुमति दिने निर्णय गरेको हो।
एफडीएले हालसम्म १२ वर्ष वा सोभन्दा माथिका मानिसहरूका लागि चौथो डोजको स्वीकृत गरेको थियो।
‘अति संवेदनशील समूहलाई पाँचौं डोजको रूपमा अतिरिक्त बूस्टर पनि दिन सकिन्छ, ‘एजेन्सीले भन्यो।
दुई खोप र एक बूस्टर डोज अझै पनि गम्भीर रोग र मृत्यु विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ। फाइजर कम्पनीले एफडिएलाई ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोपको चौथो डोज स्वीकृत गर्न आग्रह गरेको थियो।
अर्को बूस्टर विशेष गरी ती ६५ वर्ष र माथिका र ५० वर्ष वा माथिका अन्तर्निहित चिकित्सा अवस्था भएकाहरूका लागि महत्त्वपूर्ण छ जसले कोभिड-१९बाट गम्भीर रोगको जोखिम बढाउँदछ, ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक रोशेल वालेन्स्कीले एक विज्ञप्तिमा भने।