२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२५ चैतबाट झण्डै ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइदैं

२५ चैतबाट झण्डै ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइदैं


काठमाडौं—सरकारले १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ चैतदेखि १८ बैशाखसम्म झण्डै ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले टाइफाइड विरुद्धको खोप अभियानकै रुपमा दिइने जानकारी दिएको हो । मन्त्रालयकाअनुसार उक्त खोप १५ महिनादेखि माथि र १५ वर्षभन्दा मुनिका सबै बालबालिकाहरुलाई एक डोज दिइनेछ ।

स्थानीय तहका सबै वडाहरुमा तोकिएको विद्यालयका खोप केन्द्रबाट खोप लगाउन सकिनेछ । विद्यालय नभएका वडामा बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ भने अन्तिम दिन स्वास्थ्य स्वास्थ्यमा खोप सेवा सञ्चालन गरिनेछ ।

साल्मोनेला टाइफी नामक भाइरसबाट हुने गम्भीर रोग टाइफाइड ढल, संक्रमित व्यक्तिको दिसा पाइने जीवाणुबाट हुने गर्छ । यो रोग दूषित पानी र खानाबाट मानिसमा सर्ने गर्छ ।

मन्त्रालयकाअनुसार पछिल्लो ५ वर्षमा नेपालमा ४ लाख ५० हजारभन्दा बढीमा टाइफाइडको संक्रमण पुष्टि भएको छ । नेपालमा पानी र खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो चौथो हो ।

टाइफाइड रोकथामका लागि खोपलाई नै अचुक उपाय मानिदैं आइएको छ । खोप दिन लागि १० हजार स्वास्थ्यकर्मी परिचालन हुने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ