२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा

श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा


श्रीलंकाले स्वास्थ्य संकटकाल घोषणा गरेको छ। चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधी अभाव भएपछि उक्त घोषणा गरिएको हो ।

त्यहाँ औषधी अभाव भएपछि अस्पतालमा आकस्मिक सेवा मात्र प्रवाह भैरहेको छ।

बिरामीको जीवन सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि गत फागुनमा सरकारले सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो ।

औषधीबाहेक श्रीलंकाका नागरिकहरू बिजुली जस्ता सुविधाका लागि पनि संघर्ष गरिरहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ