२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको ९ महिनाको खर्च ३४ प्रतिशत, कोभिड–१९ को ३२ अर्ब खर्च भएन्

स्वास्थ्यको ९ महिनाको खर्च ३४ प्रतिशत, कोभिड–१९ को ३२ अर्ब खर्च भएन्


काठमाडौं—चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको बजेट ३४ प्रतिशत मात्र खर्च भएको पाइएको छ । चालु आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

विनियोजित बजेटबाट ३४ दशमलव ५८ प्रतिशत मात्र खर्च भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

बजेटको सबैभन्दा ठूलो हिस्सा रहेको कोभिड–१९ तर्फको बजेट कम खर्च हुँदा यस वर्षको खर्च कम देखिएको हो । १ खर्ब ९ अर्बमध्ये ४७ अर्ब १८ करोड १७ लाख बजेट कोभिड–१९ का लागि छुट्याइएको थियो । कोभिड–१९ का लागि छुट्याइएको सो बजेटमध्ये जम्मा ३० प्रतिशत अर्थत १४ अर्ब रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिए ।

कोभिड–१९ नियन्त्रण र रोकथामअन्तर्गत सरकारले छुट्याएको बजेटमा सबैभन्दा बढी खोप तथा औषधि खरिदमा खर्च भएको छ । कोभिड–१९ रोकथामअन्तर्गत १४ अर्ब १६ करोड ३ लाख खर्च भएकोमा ११ अर्बभन्दा बढी खोप तथा औषधि खरिदमा खर्च भएको छ । औषधि खरिदमा ३० प्रतिशत खर्च भएको छ ।

कोभिड–१९ नियन्त्रणअन्तर्गत छुट्याइएको सरकारी निकाय, समिति, बोर्डलाई दिइएको सशर्त अनुदानमा भने ६६ दशमलव ८१ प्रतिशत खर्च भएको छ । जसमा २ अर्ब बढी छुट्याइएकोमा ७९ करोड ८३ लाख खर्च गरी २ अर्ब २ करोड रकमान्तर गरिएको छ ।

त्यसैगरी, सोही शीर्षकको अर्को खर्चका लागि ४ अर्ब ५ करोड छुट्याइएकोमा १ अर्ब २ करोड मात्र खर्च भएको उल्लेख छ ।

कोभिड–१९ को प्रचार प्रसारका लागि मन्त्रालयले ८ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेता पनि २ प्रतिशत मात्र खर्च गरेको छ । उसले चैत्र महिनासम्म कोभिड– १९ को विरुद्ध प्रचार–प्रसारमा १६ लाख १६ हजार मात्र खर्च गरेको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ