२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वबेलायतमा ६ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि मोडर्ना खोपलाई अनुमति

बेलायतमा ६ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि मोडर्ना खोपलाई अनुमति


बेलायतले ६ वर्ष देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोभिड-१९ विरुद्ध मोडर्ना खोप दिन अनुमति दिएको छ। मोडर्ना इंकाद्वारा विकसित ‘स्पाइकभ्याक्स’ खोपलाई अनुमति दिएको हो।

बेलायतको औषधी नियामकले यो खोप पूर्णतया सुरक्षित भएको पाएको छ । बेलायतको मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) का अनुसार मोडर्नाको खोप स्पाइकभ्याक्सले सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको छ।

यसअघि स्पाइकभ्याक्स खोप बेलायतमा १२ वर्षभन्दा माथिका मानिसहरूका लागि स्वीकृत भइसकेको थियो। त्यसपछि साना बालबालिकालाई यो खोप दिन स्वीकृति दिइएको हो। यसभन्दा केही घण्टाअघि फ्रान्सेली फर्म वाल्नेभाको वयस्कहरूका लागि खोप स्वीकृत भएको थियो ।भाल्नेभाको खोप एक सजिलै भण्डारण गर्न सकिने एन्टि-कोरोनाभाइरस खोप हो।

एमएचआरएका प्रमुखले भनिन्, ‘आफूलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि मोडेर्नाले बनाएको स्पिकभ्याक्स भ्याक्सिन बेलायतमा ६ देखि ११ वर्षका बालबालिकाका लागि स्वीकृत गरेको छ ।’

यो खोप यस उमेर समूहका बालबालिकाका लागि सुरक्षित र प्रभावकारी छ। स्पुतनिकको रिपोर्टका अनुसार बेलायतले अहिलेसम्म ६ वटा एन्टि-कोरोना भ्याक्सिनलाई अनुमोदन गरिसकेको छ । यसमा बायोएनटेक/फ़ाइजर, जोनसन एण्ड जोनसन, नोभाभ्याक्स र एस्ट्राजेनीका खोपहरू समावेश छन्।

बेलायतमा फेरि कोभिड भाइरसको संक्रमण बढ्दै गएको छ । गत महिना प्रत्येक १६ जना मध्ये एक जनामा ​​संक्रमण देखिएको थियो । यो संक्रमण दर फेब्रुअरीमा रेकर्ड गरिएको दरको दोब्बर हो। फेब्रुअरीमा परीक्षण गरिएका प्रत्येक ३५ जनामा ​​एक जना कोभिड संक्रमित भेटिएका थिए।

-एजेन्सी


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ