२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविवेकशील साझा पार्टीको चुनावी घोषणा पत्रमा स्वास्थ्य एजेन्डा

विवेकशील साझा पार्टीको चुनावी घोषणा पत्रमा स्वास्थ्य एजेन्डा

गुणस्तरीय स्वास्थ्य सेवामा लगानी, अधारभुत स्वास्थ्य सेवा नि:शुल्क


काठमाडौँ – विवेकशील साझाको चुनावी प्रतिज्ञापत्रमा स्वास्थ्यका एजेन्डा पनि समावेश गरिएको छ। पार्टीले महानगरपालिकाको लागि आफ्नो चुनावी सार्वजनिक प्रतिज्ञापत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा लगानी, उमेर समूहका नागरिकको  मनो-सामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गर्ने र अधारभुत स्वास्थ्य नि:शुल्क गर्ने जस्ता एजेन्डा पत्रमा उल्लेख छ।

‘गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा’ रहेको ७ नम्बरको बुँदामा भनिएको छ , ‘बीमा सहितको नियमित स्वास्थ्य परीक्षण प्रवर्द्धन गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि लगानी, अनुगमन र नियमन गरिने, मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरिने, र महानगरका हरेक वडामा प्राथमिक उपचार र आधारभूत स्वास्थ्य परीक्षण निस्शुल्क हुने गरी वडा क्लिनिकू सञ्चालन गरिनेछ।’

त्यस्तै, सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गर्ने , अनाथ, असहाय बालबालिका तथा नागरिकहरूलाई निस्शुल्क आवास सहित पूर्ण रेखदेखको व्यवस्था मिलाइने र अध्ययनरत तथा कामकाजी महिलाहरूका लागि शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्था गरिने पनि बुँदामा समाबेश छ।

>


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ