२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियमावली संशोधन गर्ने बैठक अन्तिम समयमा स्वास्थ्यमन्त्रीले रोक्दा गंगालालका कर्मचारी आन्दोलित

नियमावली संशोधन गर्ने बैठक अन्तिम समयमा स्वास्थ्यमन्त्रीले रोक्दा गंगालालका कर्मचारी आन्दोलित


काठमाडौं–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीले आन्दोलित भएका छन् । सोमबारबाट उनीहरुले पूरानो नियमावली संशोधन नहुँदा लामो समयदेखि आफूहरुको वृद्धि विकास रोकिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

अस्पताल सञ्चालक समितिले पटक–पटक आफ्ना मागका विषयमा खेलाची गरेर आफूहरुको स्तरवृद्धिमा असर पु¥याएका कारण अन्दोलित हुनुपरेको केन्द्रको कर्मचारी संघका अध्यक्ष आत्माराम तिमल्सिनाले बताए ।

झण्डै एक वर्षदेखि कर्मचारी सेवा सर्त र सुविधासम्बन्धी नियमावली, २०५८ को छैटौ संशोधन प्रक्रियामा छ । संशोधन प्रक्रियामा रहेको नियमावली स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै अर्थ र लोकसेवा आयोगको सहमतिसहित केन्द्रको सञ्चालक समितिमा आइपग्दा पनि संचालक समितिले निर्णय गर्न नसकेको उनले बताए ।

‘संचालक समितिले राज्यका निकायहरुलाई नटेरेका कारण समस्या भएको हो,’ तिमल्सिनाले भने, ‘सरकार मातहत भएको एउटा अस्पतालले सरकारको सुझाव लागु नगर्नु कहाँ सम्म हो ।’

सबैतिरबाट संसोधनका लागि स्वीकृत भएर आएतापनि आफ्नै सञ्चालक समितिले निर्णय नगरी दिँदा कर्मचारीहरु आन्दोलित हुनुपरेको आन्दोलनरत एक कर्मचारी बताउँछन् ।

केन्द्र स्रोतकाअनुसार सो संशोधित नियमावली पास गर्नका लागि आइतबार (४ बैशाख)मा विकास समितिको बैठकका लागि एजेण्डासहित अध्यक्ष तथा अन्य सदस्यहरुलाई निमन्त्रणा गरिसकिएको थियो । स्रोतकाअनुसार गंगालालकै केही कर्मचारीहरु सो संशोधित नियमावलीमा असन्तुष्ट हुँदैं जस्ताको तस्तै पास नगराउन प्रधानमन्त्रीमार्फत स्वास्थ्यमन्त्रीलाई दबाब दिएका थिए ।

सोही कारण अन्तिम समयमा शनिबार साँझ (३ बैशाख)मा सञ्चालक समितिका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बैठक स्थगित गराएका थिए ।

बैठक स्थगित गरिएको विषयमा मन्त्री खतिवडासँग जिज्ञासा राख्दा अर्थ, लोकसेवाबाट सहमति आएतापनि केही प्राविधिक विषयवस्तुहरु मिलाउन बाँकी रहेको हुँदा बैठक स्थगित गरेको बताए । ‘अन्यबाट पास भएपनि स्वास्थ्य मन्त्रालयका केही कुराहरु थपघट गर्नै छन्,’ उनले हेल्थ आवाजसँग भने, ‘प्राविधिक कुरा मिलाउन बाँकी छ, केन्द्रका कर्मचारीका पनि केही कुरा होलान् ।’

के–के थिए ४ बैशाखको बैठकका एजेण्डा ?

कर्मचारी सेवा सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ संशोधन, शुल्क पुनरावलोकन तथा नयाँ सेवाको शुल्क निर्धारण, इएचएस सेवा विस्तार, स्टाफ नर्स थप गर्ने ओएनएम, आर्थिक कार्यविधी मस्यौदा निर्माणलगायतका एजेण्डा रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ