गृहपृष्ठ ∕ समाचार ∕ स्थानीय तह निर्वाचनः दलहरुका घोषणापत्रमा समेटिएका स्वास्थ्यका हाइलाइटहरु स्थानीय तह निर्वाचनः दलहरुका घोषणापत्रमा समेटिएका स्वास्थ्यका हाइलाइटहरु हेल्थ आवाज मंगलबार, २०७९ वैशाख १३ गते, १३:४८ मा प्रकाशित काठमाडौं—स्थानीय निर्वाचन आउन १७ दिनमात्रै बाँकी छ । राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनको पूर्वासन्ध्यानमा आफ्ना पपुलर घोषणापत्र सार्वजनिक गरेका छन् । जसमा दलहरुले स्थानीय तहको निर्वाचनका एकदमै पपुलिष्ट कार्यक्रमहरु अगाडि सारेका छन् । त्यसमा स्वास्थ्यका पनि निःशुल्क उपचार, विमादेखि वडा—वडामा अस्पताल र गाउँमा विशेषज्ञ चिकित्सा सेवासहितका कार्यक्रम समेटिएका छन् । कसैले संकल्प त कसैले प्रतिवद्धता पत्र एवं कसैले घोषणापत्रका रुपमा सार्वजनिक गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले भने केन्द्रबाट घोषणापत्र सार्वजनिक गरेको छैन् । नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलहरुले सार्वजनिक गरेका घोषणापत्रबाट हेल्थआवाजले मुख्य हाइलाइटहरु संकल्न गरेको छ । नेकपा एमालेको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट निःशुल्क आधारभूत स्वास्थ्य सेवा जटिल रोगको निःशुल्क उपचार पालिकामा आधारभूत अस्पताल, वडामा स्वास्थ्य चौकी महामारी, विपद् र अन्य स्वास्थ्य जोखिमको व्यवस्थापन खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गम्भीर रोगको पूर्ण परीक्षण गर्भवती र शिशुस्याहार कार्यक्रम प्रभावकारी बनाइने प्रत्येक नागरिकको स्वास्थ्य विमा, जेष्ठ, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको निःशुल्क विमा निःशुल्क वितरण हुने औषधिको गुणस्तर र आपूर्ति सुनिश्चित गर्ने धुम्रपान, मद्यपान र लागु पदार्थ निरुत्साहन गर्न कानुन बनाउने स्वस्थ आहार, स्वस्थ विहार र विहारको सन्तुलन कायम गर्न जनचेतना फैलाउने स्थानीय सूचना प्रणालीलाई केन्द्रीय सूचना प्रणालीसँग आवद्ध गराउने नेपाली कांग्रेसको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट स्थानीय तहबाट स्वास्थ्यमा १० प्रतिशत बजेट स्थानीय स्वास्थ्य प्रोफाइल निर्माण गरी ‘सबै नीतिमा स्वास्थ्य’ योजना पालिकाहरुमा विशेषज्ञ सेवासहितको अस्पताल स्थापना नियमित परीक्षण गर्न वडामै प्रयोगशाला सुविधा र टेलिमेडिसिन सेवा सबै नागरिकलाई स्वास्थ्य बिमा, ६५ वर्षमाथिका जेष्ठ नागरिक, जेष्ठ, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको निःशुल्क विमा पाँच वर्षभित्र स्थानीय तहलाई पूर्ण बिमित बनाइने छ सुत्केरी महिलालाई ५ हजार भत्ता गरिनेछ। समुदायमै नर्स कार्यक्रम गरिनेछ। निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिनेछ। तीन वर्षभित्र सबै विद्यालयमा नर्सको व्यवस्था गरिनेछ। नसर्ने रोगको वर्षमा एकपटक निःशुल्क परीक्षण गरिनेछ। सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिनेछ। मेरो स्वास्थ्यः म स्वस्थ र मेरो गाउँ नगर स्वस्थ अभियान एक स्थानीय तह एक पार्क गाउँ—नगरमा फार्मेसी सञ्चालनः अस्पताल फार्मेसी सुलभ र व्यवस्थित गरिनेछ। आपतकाली स्वास्थ्य संयन्त्र र द्रुत प्रतिकार्य टोली बनाइने छ दुर्गममा आकस्मिक उद्धार कोषमार्फत सेवा दिइने छ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर स्थानीय तहको सेवामा सहभागी गराइने छ जनता समाजवादी पार्टीको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट हरेक गाउँपालिकाहरूका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था, स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिनेछ। प्रत्येक पालिकामा वर्थिङ सेन्टर स्थापना गरिनेछ। प्रत्येक वार्डहरूमा एक जना चिकित्सक सेवासहितको स्वास्थ्य चौकी सञ्चालन गरिनेछ। स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई एउटै मापदण्डमा सञ्चालन गरिनेछ। नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा पाँच-पन्ध्र बहु विशेषज्ञ सेवा सुविधासहितको अस्पताल स्थापना गरिनेछ। पाँच वर्षभित्र सबैस्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गरिनेछ। अति विपन्नको बिमा शुल्क स्थानीय तहले उपलव्ध गरिनेछ। युवा तथा लैङ्गिक मैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा सचेतना सञ्चालन गरिनेछ। नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्राथमिकता दिइनेछ। स्थानीय सरकारको बजेटको १ नम्बर प्राथमिकतामा स्वास्थ्य, जटिल खालका शल्यक्रियाबाहेकका सेवा निःशुल्क गरिनेछ। स्थानीयस्तरमा आधुनिक स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ। पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिनेछ। स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोक्ने, मोबाइल नर्सिङ, घुम्ती स्वास्थ्य शिविर र टेलिमेडिसिनसहित टोल—टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिनेछ। घरघरमा गएर स्वास्थ्य परीक्षण गरिनेछ। सबै पालिकामा वर्थिङ सेन्टर र प्रयोगशाला, सबै पालिकामा एम्बुलेन्स सेवा, स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई तालिम र प्रोत्साहन, स्वास्थ्य बिमा सहज र सुलभ बनाइने, अस्पताल र स्वास्थ्य संस्था स्तरोन्नती, साधन स्रोत र जनशक्तियुक्त बनाइने, र, वौद्धिक अपांगता भएकाको उपचार र आवश्यक सहयोगको व्यवस्था गरिनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट सबै नागरिकलाई अनिवार्य र निःशुल्क स्वास्थ्य बिमा। हरेक वडामा स्वास्थ्य चौकी, निःशुल्क गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवा। सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम। प्रत्येक वडामा प्रसुति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई मासिक तीन हजार भत्ता। महिला स्वास्थ्य स्वयंसेविकालार्य प्रोत्साहन भत्ता। सिकलेस एनिमियाजस्ता रोगका बिरामीलाई निःशुल्क उपचार। क्यान्सर, मिर्गौला र मेरुदण्ड रोगबाट पीडितलाई मासिक स्वास्थ्य भत्ता। प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप। प्रत्येक स्थानीय तहमा कम्तिमा एक सुलभ औषधि पसलको व्यवस्था। विवेकशील साझा पार्टीको चुनावी घोषणा्पत्रमा स्वास्थ्यका हाइलाइट बिमासहितको नियमित स्वास्थ्य परीक्षण प्रवर्द्धन गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि लगानी, अनुगमन र नियमन गरिनेछ। महानगरका हरेक वडामा प्राथमिक उपचार र आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क हुने गरी वडा क्लिनिक सञ्चालन गरिनेछ। मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरिने, सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गरिनेछ। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेस्रो लिङ्गीको विशेष आवश्यकता पुरा गर्ने खालको सेवा सुविधाको व्यवस्था गरिनेछ। अनाथ, असहाय बालबालिका तथा नागरिकहरूलाई नि:शुल्क आवास सहितपूर्ण रेखदेखको व्यवस्था मिलाइने छ। अध्ययनरत तथा कामकाजी महिलाहरूका लागि शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्था गरिनेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ?