२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थानीय तह निर्वाचनः दलहरुका घोषणापत्रमा समेटिएका स्वास्थ्यका हाइलाइटहरु

स्थानीय तह निर्वाचनः दलहरुका घोषणापत्रमा समेटिएका स्वास्थ्यका हाइलाइटहरु


काठमाडौं—स्थानीय निर्वाचन आउन १७ दिनमात्रै बाँकी छ । राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनको पूर्वासन्ध्यानमा आफ्ना पपुलर घोषणापत्र सार्वजनिक गरेका छन् ।

जसमा दलहरुले स्थानीय तहको निर्वाचनका एकदमै पपुलिष्ट कार्यक्रमहरु अगाडि सारेका छन् । त्यसमा स्वास्थ्यका पनि निःशुल्क उपचार, विमादेखि वडा—वडामा अस्पताल र गाउँमा विशेषज्ञ चिकित्सा सेवासहितका कार्यक्रम समेटिएका छन् ।

कसैले संकल्प त कसैले प्रतिवद्धता पत्र एवं कसैले घोषणापत्रका रुपमा सार्वजनिक गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले भने केन्द्रबाट घोषणापत्र सार्वजनिक गरेको छैन् । नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलहरुले सार्वजनिक गरेका घोषणापत्रबाट हेल्थआवाजले मुख्य हाइलाइटहरु संकल्न गरेको छ ।

नेकपा एमालेको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट

  •  निःशुल्क आधारभूत स्वास्थ्य सेवा
  • जटिल रोगको निःशुल्क उपचार
  • पालिकामा आधारभूत अस्पताल, वडामा स्वास्थ्य चौकी
  • महामारी, विपद् र अन्य स्वास्थ्य जोखिमको व्यवस्थापन
  • खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन
  • गम्भीर रोगको पूर्ण परीक्षण
  • गर्भवती र शिशुस्याहार कार्यक्रम प्रभावकारी बनाइने
  •  प्रत्येक नागरिकको स्वास्थ्य विमा, जेष्ठ, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको निःशुल्क विमा
  • निःशुल्क वितरण हुने औषधिको गुणस्तर र आपूर्ति सुनिश्चित गर्ने
  • धुम्रपान, मद्यपान र लागु पदार्थ निरुत्साहन गर्न कानुन बनाउने
  • स्वस्थ आहार, स्वस्थ विहार र विहारको सन्तुलन कायम गर्न जनचेतना फैलाउने
  •  स्थानीय सूचना प्रणालीलाई केन्द्रीय सूचना प्रणालीसँग आवद्ध गराउने

नेपाली कांग्रेसको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट

  • स्थानीय तहबाट स्वास्थ्यमा १० प्रतिशत बजेट
  • स्थानीय स्वास्थ्य प्रोफाइल निर्माण गरी ‘सबै नीतिमा स्वास्थ्य’ योजना
  • पालिकाहरुमा विशेषज्ञ सेवासहितको अस्पताल स्थापना
  •  नियमित परीक्षण गर्न वडामै प्रयोगशाला सुविधा र टेलिमेडिसिन सेवा
  • सबै नागरिकलाई स्वास्थ्य बिमा,
  • ६५ वर्षमाथिका जेष्ठ नागरिक, जेष्ठ, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको निःशुल्क विमा
  • पाँच वर्षभित्र स्थानीय तहलाई पूर्ण बिमित बनाइने छ
  • सुत्केरी महिलालाई ५ हजार भत्ता गरिनेछ।
  • समुदायमै नर्स कार्यक्रम गरिनेछ।
  • निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिनेछ।
  • तीन वर्षभित्र सबै विद्यालयमा नर्सको व्यवस्था गरिनेछ।
  •  नसर्ने रोगको वर्षमा एकपटक निःशुल्क परीक्षण गरिनेछ।
  • सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिनेछ।
  • मेरो स्वास्थ्यः म स्वस्थ र मेरो गाउँ नगर स्वस्थ अभियान
  •  एक स्थानीय तह एक पार्क
  • गाउँ—नगरमा फार्मेसी सञ्चालनः अस्पताल फार्मेसी सुलभ र व्यवस्थित गरिनेछ।
  • आपतकाली स्वास्थ्य संयन्त्र र द्रुत प्रतिकार्य टोली बनाइने छ
  • दुर्गममा आकस्मिक उद्धार कोषमार्फत सेवा दिइने छ
  • जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर स्थानीय तहको सेवामा सहभागी गराइने छ

जनता समाजवादी पार्टीको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट

  •  हरेक गाउँपालिकाहरूका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था,
  • स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिनेछ।
  • प्रत्येक पालिकामा वर्थिङ सेन्टर स्थापना गरिनेछ।
  •  प्रत्येक वार्डहरूमा एक जना चिकित्सक सेवासहितको स्वास्थ्य चौकी सञ्चालन गरिनेछ।
  •  स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई एउटै मापदण्डमा
    सञ्चालन गरिनेछ।
  • नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा पाँच-पन्ध्र बहु विशेषज्ञ सेवा सुविधासहितको अस्पताल स्थापना गरिनेछ।
  • पाँच वर्षभित्र सबैस्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गरिनेछ।
  • अति विपन्नको बिमा शुल्क स्थानीय तहले उपलव्ध गरिनेछ।
  • युवा तथा लैङ्गिक मैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा सचेतना सञ्चालन गरिनेछ।

नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट

  •  आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्राथमिकता दिइनेछ।
  •  स्थानीय सरकारको बजेटको १ नम्बर प्राथमिकतामा स्वास्थ्य,
  •  जटिल खालका शल्यक्रियाबाहेकका सेवा निःशुल्क गरिनेछ।
  • स्थानीयस्तरमा आधुनिक स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ।
  • पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिनेछ।
  •  स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोक्ने,
  • मोबाइल नर्सिङ, घुम्ती स्वास्थ्य शिविर र टेलिमेडिसिनसहित टोल—टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिनेछ।
  • घरघरमा गएर स्वास्थ्य परीक्षण गरिनेछ।
  •  सबै पालिकामा वर्थिङ सेन्टर र प्रयोगशाला,
  •  सबै पालिकामा एम्बुलेन्स सेवा,
  • स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई तालिम र प्रोत्साहन,
  •  स्वास्थ्य बिमा सहज र सुलभ बनाइने,
  •  अस्पताल र स्वास्थ्य संस्था स्तरोन्नती, साधन स्रोत र जनशक्तियुक्त बनाइने,
  •  र, वौद्धिक अपांगता भएकाको उपचार र आवश्यक सहयोगको व्यवस्था गरिनेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा स्वास्थ्यका हाइलाइट

  • सबै नागरिकलाई अनिवार्य र निःशुल्क स्वास्थ्य बिमा।
  • हरेक वडामा स्वास्थ्य चौकी, निःशुल्क गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवा।
  • सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम।
  • प्रत्येक वडामा प्रसुति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई मासिक तीन हजार भत्ता।
  • महिला स्वास्थ्य स्वयंसेविकालार्य प्रोत्साहन भत्ता।
  • सिकलेस एनिमियाजस्ता रोगका बिरामीलाई निःशुल्क उपचार।
  • क्यान्सर, मिर्गौला र मेरुदण्ड रोगबाट पीडितलाई मासिक स्वास्थ्य भत्ता।
  •  प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप।
  • प्रत्येक स्थानीय तहमा कम्तिमा एक सुलभ औषधि पसलको व्यवस्था।

विवेकशील साझा पार्टीको चुनावी घोषणा्पत्रमा स्वास्थ्यका हाइलाइट

  • बिमासहितको नियमित स्वास्थ्य परीक्षण प्रवर्द्धन गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि लगानी, अनुगमन र नियमन गरिनेछ।
  • महानगरका हरेक वडामा प्राथमिक उपचार र आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क हुने गरी वडा क्लिनिक सञ्चालन गरिनेछ।
  • मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गरिने,
  •  सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञहरूको व्यवस्था गरिनेछ।
  • महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेस्रो लिङ्गीको विशेष आवश्यकता पुरा गर्ने खालको सेवा सुविधाको व्यवस्था गरिनेछ।
  • अनाथ, असहाय बालबालिका तथा नागरिकहरूलाई नि:शुल्क आवास सहितपूर्ण रेखदेखको व्यवस्था मिलाइने छ।
  • अध्ययनरत तथा कामकाजी महिलाहरूका लागि शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्था गरिनेछ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ