२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ भवनबाट अन्तर्राष्ट्रियस्तरको सेवा दिदैं इसान बाल तथा महिला अस्पताल

नयाँ भवनबाट अन्तर्राष्ट्रियस्तरको सेवा दिदैं इसान बाल तथा महिला अस्पताल


काठमाडौँ – २७ वर्ष देखि निरन्तर सेवा दिंदै आएको इशान अस्पतालले आफ्नो नयाँ भवनबाट सेवा विस्तार गरेको छ। मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरी आइतबारदेखि नयाँ भवनबाट सेवा सुरु गरेको जनाएको हो।

पहिलाकोभन्दा परिस्कृत तरिकाले निर्माण भएको नयाँ भवन बालबालिकाका लागि वातावरणमैत्री रहेको अस्पतालका निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक प्रा.डा. रामनन्द प्रसाद चौधरीले जानकारी दिए।

अनुभवी विशेषज्ञ सहितको सेवा दिंदै आएको बताउंदै उनले भने, ‘पहिला नेपालबाट उपचार गर्नका लागि भारत जाने व्यक्ति अहिले हाम्रो अनुभवी विशेषज्ञबाट उपचार लिन  इशान अस्पताल खोज्दै आउनुहुन्छ। जुन देखेर अझै सेवा विस्तार गर्न हामी लागि परेका छौँ। नयाँ अत्याधुनिक भवनबाट हामीले अन्तर्राष्ट्रियस्तरको सेवा दिइरहेका छौँ।’

 टोखा नगरपालिका–५ को श्रीटोलमा अवस्थित इशान अस्पतालको नयाँ भवन पुरानो भवनबाट ३ सय मिटरको  दुरीमा उत्तरतर्फ रहेको छ । ६० करोड बढी लागतमा बनेको नयाँ भवनमा  अन्डरग्राउण्ड तीन तला र माथि ५ तला रहेका छन् ।

१५ बाट ५० शैय्याबाट सेवा दिइरहेको अस्पतालको नयाँ भवन एक सय शैय्याको क्षमता बोकेको अस्पतालका निर्देशक प्रा.डा. चौधरीको भनाइ छ। आगामी दिनहरुमा बाल तथा महिलारोगलाई मात्र केन्द्रित नभई त्यसउमेर समुहमाथिका वर्गको लागि पनि उपचार सेवा दिने अस्पतालको योजना रहेको उनले सुनाए ।

त्यस्तै, कार्यक्रममा बोल्दै सिनियर बाल रोग चिकित्सक डा. ज्योति रत्न ढकुवाले भारतले समेत बालशल्यहरुको लागि छुटै स्थान नदिएको अवस्थामा अस्पतालले पेडीयार्टिकलाई विशिष्टकृत बनाएको बताए। अस्पतालले बाल र महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा दिदैँ एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसी सेवा प्रदान गर्नुको साथै विशेषज्ञ चिकित्सकहरुबाट ओपिडि सेवा बिहान सात बजेदेखि साँझ ८ बजेसम्म दिइदै आएको उनको भनाइ छ।

नयाँ सुविधासम्पन्न भवनबाट सेवा संचालनमा ल्याए पनि अस्पताले सेवा शुल्कमा खासै भिन्नता नराखेको निर्देशक चौधरीले जनाए । उनले भने, ‘हाम्रो अस्पताल ले नयाँ भवन बनाउनुमा त्यही मध्यमवर्गीय परिवारको हात छ। त्यसैले हामीले शुलभ ढंगबाट सेवा दिएका छौँ।’

अस्पतालले अब चाँडो ब्लड बैंक सेवा, एमआरआई सेवा, सिटी सेवा, निसन्तान दम्पतिका लागि आइभीएड सेवा, पेनलेस प्रसुति सेवा, आँखा,नाक, कान तथा घाँटीसम्बन्धी र फिजियोथेरापी सेवा थप्ने तयारी गरेको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ