२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिरहा नगरपालिका प्रमुखमा डा. नवीन यादव निर्वाचित

सिरहा नगरपालिका प्रमुखमा डा. नवीन यादव निर्वाचित


काठमाडौँ – सिरहा नगरपालिकाको नगरप्रमुखमा  डा. नविन यादव निर्वाचित भएका छन्। नेकपा एमालेकोतर्फबाट चुनावी मैदानमा उत्रिएका उनले निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवलाई हराएका हुन् ।

उनले ११ हजार १४३ मत ल्याएका छन् । भने  नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन्।

डा. यादव सिरहा सदरमुकाममा क्लिनिक चलाउछन् । उनी अघिल्लो पटकको २०७४ को निर्वाचनमा पनि  नेकपा एमालेबाट मेयरमा उम्मेदवार थिए । तर, जीत भने हासिल गर्न सकेका थिएनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ