२०८२ चैत्र १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवायु प्रदूषण मुटु स्वास्थ्यका लागि जोखिम : अध्ययन

वायु प्रदूषण मुटु स्वास्थ्यका लागि जोखिम : अध्ययन


वातावरणीय प्रदूषण जलवायु परिवर्तनका लागि मात्रै नभइ सर्वसाधारणको स्वास्थ्यका लागि पनि खतरनाक छ । वैज्ञानिकहरुको एक अध्ययन अनुसार अत्याधिक वायु प्रदुषणमा बस्दा मुटु रोगको जोखिम बढ्छ ।

अनुसन्धानको क्रममा वायु प्रदूषण र भेन्ट्रिकुलर एरिथमियाबीचको सम्बन्धको खोजी गरिएको थियो। प्रतिवेदनमा भेन्टिकुलर एरिथमिया (असामान्य मुटुको धड्कन) हुने सम्भावना बढी हुने व्यक्तिहरूले वायु प्रदूषणको नियमित जाँच गरिरहनुपर्छ भनिएको छ।

अनुसन्धानकर्ता एलेसिया जेनीका अनुसार प्रदूषित हावाका कणहरूले मुटुको मांसपेशीमा सूजन निम्त्याउँछ। जसले कार्डियाक एरिथमिया को समस्या बढाउँछ। वायुमण्डलमा वायु प्रदूषण कण पीएम (१०) क्रमशः ३५ माइक्रोग्राम/घनमीटरभन्दा बढी हुँदा सकेसम्म घर भित्रै बस्नु पर्छ र बाहिर जाँदा एन-नाइइन्टी फाइभ मास्क लगाउनु पर्छ।

घरमा हावा सफा गर्ने व्यवस्था मिलाउनु पर्ने विज्ञको सुझाव छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण वर्षेनी ४२ लाख मानिसको मृत्यु हुने गरेको छ । मुटु रोगबाट हुने हरेक पाँचमध्ये एक जनाको मृत्यु प्रदूषित हावाका कारण हुने गरेको छ । मुटुरोगका बिरामीको जीवन यस क्षेत्रमा भइरहेका औषधी र अनुसन्धानमा निर्भर हुने र उनीहरूमा कस्तो हावामा श्वासप्रश्वास गरिरहेका छन् भन्ने कुरामा पनि भर पर्ने प्रतिवेदनमा स्पष्ट छ ।

एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ