२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व रक्तदाता दिवसमा रक्तदान

विश्व रक्तदाता दिवसमा रक्तदान


दोलखा – १९ औं विश्व रक्तदाता दिवसको अवसरमा चरिकोटमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा, खोरथली सामुदायिक वन उपभोक्ता समूह र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका ६ जना व्यक्तिहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए । ‘रक्तदान कार्यमा ऐक्यवद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी हौ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइएको छ  ।

दोलखामा हाल रगत अभाव हुन नदिन विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ