२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसहरी स्वास्थ्य केन्द्र बनाउने, विशेषज्ञ चिकित्सा सेवामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने

सहरी स्वास्थ्य केन्द्र बनाउने, विशेषज्ञ चिकित्सा सेवामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिने भएको छ। आइतबार काठमाडौं महानगरको मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम पेश गर्दै स्वास्थ्य सेवा प्रवद्धन गर्न नगरका स्वास्थ्य क्लिनिकलाई स्तरन्नोती गर्दै सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिने नीति लिएको जनाएका हुन्।

सहरी स्वास्थ्य केन्द्र महानगरमार्फत नगरबासीको नियमित स्वास्थ्य जाँच गराइने व्यवस्था गरिने उनको भनाइ छ। यस्तै, सरकारी र निजी अस्पतालसँग सम्वन्य तथा सहकार्य गरी विशेषज्ञ स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाउने महानगरले नीति लिएको छ ।

त्यसैगरी  स्वास्थ्य सेवाको गणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जन स्वास्थ्य एन जारी, सम्पूर्ण स्वास्थ्य संस्थाको व्यवस्थित अभिलेख राखिने मेयर साहले घोषणा गरेका छन्  ।

उनले महानगर क्षेत्रभित्रका निजी तथा आवासीय विद्यालयमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिने, नागरिक आरोग्यताका लागि सचेतना कार्यक्रम संचालन गरिने, क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न होटल, रेष्टुँरा, भोजनालयलाई  प्राविधिक सहयोग उपलब्ध गराइने बताएका छन्।

यस्तै,  नगरमा बसोबार गर्ने स्थायी विपन्नलाई अस्पतालमा निःशुल्क बेडको व्यवस्था गर्ने, एकीकृत एम्बुलेन्स सेवा सन्चालन गर्ने र  ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिने नीति लिएको मेयर साहको भनाइ छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ