२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती

एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती


काठमाडौं—एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको तथ्य बाहिर आएको छ । बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धित लाञ्छना तथा भेदभाव न्यूनीकरणका विषयक अन्तक्रिया कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले एचआईभी परीक्षण किट खरिद्मा पनि पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको जानकारी दिएकी हुन् । ‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लाञ्छना यथावत रहेको र सबै गर्भवती प्रसुति ,सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा सकेका छैनन्,’ डा. देवकोटाले भनिन्, ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएका छ ।’

डा. देवकोटाले यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने बताइन् । डा. देवकोटाले भनिन् ‘नयाँ एचआईभीका संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुले स्वास्थ्यसम्बन्धी सुधार ल्याउने र एचआईभी संक्रमित तथा मुख्य समूहहरुमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउने रहेको लक्ष्य रहेको छ ।’

आर्थिक वर्ष २०७७/०७८ मा ५६ करोड ४८ लाख ८५ हजार थियो । भने २०७८/०७९ मा ५६ करोड ५२ लाख थियो र तर यस आर्थिक वर्ष २०७९/०८० मा ५५ हजार ९७ लाख बजेट रहेको केन्द्रकी निर्देशक डा.देवकोटाले जानकारी दिइन् । डा.देवकोेटाले पहिलाको तुलनामा बिरामीको संख्या बढ्दै गएपनि बजेट भने घटेको जानकारी दिइन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित रहेका छन् । जसमा महिला भन्दा पुरुष बढी छन् । पुरुष १६ हजार ४०० रहेका छन् । जुन ५५ प्रतिशत रहेका छन् । भने महिला १३ हजार ६०० रहेका छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेका छन् । जुन ४ प्रतिशत हो ।

हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिइन् । उनकाअनुसार एचआईभीबाट मृत्यु ५१० जनाको भएको छ ।

त्यसैगरी, एचआईभी संक्रमित गर्भवती महिलाहरुको संख्या (जसलाई आमाबाट बच्चामा हुने संक्रमणको निवारण गर्ने सेवाको आवश्यकता छ) २०० जना रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । डा.देवकोटाले भनिन्, ‘एचआईभीको उच्च जोखिममा सुईको प्रयोग गर्ने, यौनकर्मी र पुरुष समलिङगी र तेस्रो लिङगीमा बढी पर्दछन् ।’ सरकारले फर्मासिस्ट थप दरबन्दीको व्यवस्था र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने देखिएको डा. देवकोटाले जानकारी दिइन् ।

डा. देवकोटाका अनुसार एचआईभी रोकथाम कार्यक्रहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समुहहरुलाई प्राथमिकतामा राखेर समयमा नै सेवा पु¥याउनुपर्ने र प्रदेश, स्थानीयस्तरका प्रयोगशालामा क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन बजेट, पूर्वाधार लजिस्टिक्स र आपूर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ । डा. देवकोटाले ‘नेपालबाट २०३० सम्ममा एचआईभी एड्स उन्मुलन गर्ने सरकारको लक्ष्य छ ।’

कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ ।’

त्यसैगरी, कार्यक्रममा इपीक नेपालका राजेश खनालले हामी पहिला कुन समुदायमा एचआइभी संक्रमित छन् त्यो समुदाय खोज्ने गरेको बताए । ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गदै आएको छ,’ खनाले भने, ‘हामीले सातै प्रदेशमा ३७ जिल्लामा रहेका छन् । भने ३८७ नगरपालिकामा यो संस्थाले सेवा दिदै आएका छौं । ’ खनालका अनुसार पहिला पहिला एचआईभी एडस रगतबाट जाँच गरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण भइरहेको छ ।

त्यसैगरी, कार्यक्रममा सेव द चिल्ड्रेन सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । यो संस्थाले मुख्य चार तहमा काम गदै आएको समेत जानकारी दिए । वन्तले भने,‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन गरिरहेका छौं ।’

वन्तका अनुसार महिला एचआईभी पोजेटिभका लागि लक्षित गरेर काठमाडौं, ललितपुर, भक्तपुर , पोखरा र सुनसरी जिल्ला गरी पाँच जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने २० वटा जिल्ला छानेर हामीले एचआईभीका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं , राष्ट्रिय रणनिति अनुसार १२ वटा जिल्लाका १३ वटा कारागारमा एचआईभीका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ वन्तलेभने, ‘एचआईभीकालाई लाछ र विभेद न्यूनीकरणका लागि केटालाईटिक फन्डिङका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं, जुन ५५ जिल्लामा सञ्चालन भइरहेको छ ।’

कार्यक्रममा ए.एच.एफका अजित पौडेलले एआरटी सेवामा आउँन सहयोग गर्ने गरेको बताए । पौडेलले यस संस्थाले एआरटी सेवा लिईरहेकालाई औषधी लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए । एआरटी सेवा लिन जानआउँन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भए पनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको समेत उनले जानकारी दिए । पौडेलले भने, ‘जोखिम न्युनिकरणका लागि व्यवहार परिवर्तनका लागि शिक्षा दिने काम गइरहेका छौं ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले एचआईभी संक्रमितलाई गरिने विभेद र लाञ्छना सबै समुदाय मिलेर घटाउन सकिने बताए । डा. सिंहले भने, ‘एक जना मात्र लागेर हुदैंन . सबै समुदाय लागेर मात्र यो भेदभाव र लाञ्छना अन्त्य गर्न सकिन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ