२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्यक्षका उम्मेदवार डा. पौडेल भन्छन्, ‘चिकित्सक संघभन्दा नाइ संघ बलियो छ’ (भिडियोसहित)

अध्यक्षका उम्मेदवार डा. पौडेल भन्छन्, ‘चिकित्सक संघभन्दा नाइ संघ बलियो छ’ (भिडियोसहित)


काठमाडौं—नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा पेशागत समावेसी समूहकोतर्फबाट अध्यक्षका उम्मेदवार रहेका डा. सन्तोष पौडेलले नेपाल चिकित्सक संघभन्दा नाइ संघ बलियो भएको टिप्पणी गरेका छन् । चुनावी अभियानका क्रममा चितवन पुगेका उनले चिकित्सकहरुसँगको एक छलफलमा चिकित्सक संघको अहिलेसम्मको नेतृत्वले चिकित्सकका सवालहरु सम्बोधन गर्न नसकेको भन्दैं उक्त कटाक्ष गरेका छन् ।

आफूले १४ वर्ष ६ महिनाअघि १३ हजार ६ सय रुपैयाँमा सरकारी जागिर सुरु गरेको स्मरण गर्दै उनले त्यो बेला २० रुपैयाँमा कपाल काट्ने गरेको बताए । ‘मैले १३ हजार ६ सयमा सरकारी जागिर खाएको त्यो बेला नाइले २० रुपैयाँमा कपाल काट्थे । म यत्रो वर्ष लगाएर १० औं तह भएको छु खातामा बल्लतल्ल १४ वर्ष ६ महिना भयो मैले जागिर खाएको ५६ हजार पुग्यो । ४ गुणा बढ्यो, ’ उनले भने, ‘म स्पेशल शैलुङमा कपाल काटदिन्, सामान्य कपाल काट्ने पसलमा जान्छु । अस्ति कपाल काट्दा २०० रुपैयाँ अब हिसाब गरौं २० रुपैयाँको चार गुणा बढ्दा ८० हुन्छ ।’

डा. पौडेलले यो अवस्था आउनु र चिकित्सकहरुका सवाल सम्बोधन हुन नसक्नु चिकित्सक संघभन्दा नाइ संघ बलियो भएको देखिएको बताए । ‘हामी बढेनौं के ? हामीभन्दा नाइ संघ बलियो छ नि के कुरा गर्नु,’ उनले थपे, ‘हाम्रो चिकित्सक संघ न चिकित्सकको हितमा बोल्या छ न सिष्टमको हित गर्‍या छ ।’

उनले संघको नेतृत्वबाट सबैं चिकित्सकहरुको चिकित्सकको हित गर्ने प्रणालीको अपेक्षा गरेको तर त्यो अपेक्षा पूरा हुन नसकेको गुनासो समेत गरे ।

‘हामी चिकित्सकहरुलाई सिष्टम यति राम्रो बनाइदेओस । चिकित्सक संघको चुनाव लड्न छोड्दिऔं बुढाहरु लड्छन् भन्ने वातावरण पनि भएन नि,’ उनले भने, ‘किनभने हाम्रै कन्सर्न बढी भयो । बुढाहरुको कन्सर्न होइन्, युथहरुको कन्सर्न हो भन्छु म । हाम्रो एजेण्डा नै सल्भ भएको छैन । स्यालरीको इस्यु त हामीलाई रैछन नि त पीडा । बुढाहरुको त ४—५ ठाउँमा भ्याइ—नभ्याइ छ ।’




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ