२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविद्यालयमा स्वास्थ्य शिविर

विद्यालयमा स्वास्थ्य शिविर


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित मंगलगढी प्राथमिक विद्यालय दीपनगरमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । विद्यालय व्यवस्थापन समिति र जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छला र पाठेघरको मुखमा हुने क्यान्सरको जाँच गरिएको छ ।

शिविरमा पाँच सय ५० जनाले सेवा लिएको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयका अमर रानाले जानकारी दिए । ‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘शिविरबाट समुदायको धेरै जनाले सेवा पाएका छन् ।’

विद्यार्थीहरू र अभिभावकहरूको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए । ‘उपचारका लागि अस्पतालमा जान नमान्नेका लागि समुदायमा नै गएर शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘यसबाट धेरैले स्वास्थ्य लाभ लिएका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ