गृहपृष्ठ ∕ समाचार ∕ आयोगबाट सिट नपाएका सिटीईभिटीका शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीले मान्यता नपाउने आयोगबाट सिट नपाएका सिटीईभिटीका शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीले मान्यता नपाउने हेल्थ आवाज मंगलबार, २०७९ पुस २६ गते, १४:३७ मा प्रकाशित काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आयोगबाट मान्यता नपाएका शिक्षण संस्था भर्ना हुने विद्यार्थीलाई मान्यता नदिने जनाएको छ । सोमबार आयोगले एक विज्ञप्ती जारी गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) चिकित्सा शिक्षा प्रमाणपत्र तहका कार्यक्रममा आयोगले सिट संख्या निर्धारण गरेका र दर्ता भएका शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीलाई मात्रै मान्यता दिने जनाएको हो । केही संस्थाले आयोगबाट संस्थागत कार्यक्रमगत रुपमा सिट निर्धारण नभई विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएकाले त्यसपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सिट निर्धारण भएका शैक्षिक संस्थामा मात्र विद्यार्थीलाई भर्ना हुन भनेको छ । ‘यसरी रित नपु¥याइ संस्था तथा कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएमा वा भर्ना गरेमा त्यस्ता विद्यार्थीलाई आयोगले मान्यता नदिने र सम्बन्धित परिषद्मा दर्ता समेत नहुने भएकाले त्यसबाट पर्न जाने असरमा सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने भएकाले आयोगबाट सिट निर्धारण भएका शिक्षण संस्था तथा कार्यक्रम एकिन गरेर मात्र विद्यार्थी भर्ना गर्न गराउन सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ आयोगले भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान